News Portal

  • राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटनको विषय उठाउन नपाइने

    हिमालीसंचार संवाददाता
    ३५१ पटक

    काठमाडौं – पुष १७ गते बोलाइएको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटन सम्बन्धी विषय उठाउन नपाइने भएको छ। राष्ट्रियसभाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफ्नो कार्यसूचीमा नराखेको बताएको छ।

    यो विषयमा राष्ट्रियसभा सदस्यहरुले पनि प्रश्न उठान नपाउने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि राष्ट्रियसभाको बैठक भने यही पुस १७ गतेका लागि बोलाउनुभएको थियो।

    राष्ट्रियसभाको अधिवेशनमा प्रतिनिधिसभा विघटनको विषयमा के कसरी कुरा उठ्छ भन्ने आमचासोको विषय बनेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सातौँ अधिवेशन पुस १७ गते दिउँसो ४ बजे आह्वान गरेसँगै संघीय संसद् सचिवालयले अधिवेशनको तयारी पूरा गरेको बताएको छ।

    यस्तै, राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन्। राष्ट्रियसभाको यस अधिवेशनमा विधेयक पास गर्ने विषय नै मुख्य रहेको संसद सचिवालयले जानकारी दिएको छ।

    राष्ट्रियसभा अधिवेशनको मुख्य विषयवस्तु अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, सरकारले जारी गरेका सातओटा अध्यादेशहरु– यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशलगायत रहेका छन्।

    त्यसैगरी, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धीपत्र, प्रतिनिधिसभा विघटनसम्बन्धीपत्र, राष्ट्रियसभाले जारी गरेको समिति गठनसम्बन्धी आदेश, शोक प्रस्तावहरु, संवैधानिक आयोगका प्रतिवेदनहरु, राष्ट्रियसभाका विषयगत समितिका प्रतिवेदन, विधेयकको अवस्थामा सम्बन्धमा छलफल हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...