News Portal

धनगढीमा दुई प्रहरीकाे हत्याका मुख्य योजनाकार सीमा क्षेत्रबाट पक्राउ

हिमालीसंचार संवाददाता
४५४ पटक

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका –१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीकाे हत्याका मुख्य योजनाकार पक्राउ परेका छन्। गत कात्तिक १ गते तस्करीविरूद्ध डिउटीमा खटिएका २ जना प्रहरीको हत्या भएकाे थियाे।

उक्त घटनाका मुख्य आरोपीलाई शुकदेव रानालाइ कैलाली प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेकाे हाे। पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार उनी धनगढी उपमहानगरपालिका –१० कै स्थानीय हुन्। उनी तस्करीमा संलग्न रहेकाे र उक्त हत्याकाण्डका मुख्य योजनाकार रहेकाे प्रहरीले जनाएकाे छ। नेपालबाट भारत र भारतबाट नेपालमा आउने सामान तस्करीमा उनकाे संलग्नता रहेकाे प्रहरी कार्यालय कैलालीमा प्रमुख प्रहरी उपरीक्षक जबराले बताए।

घटनापछि राना भारत फरार भएका थिए। त्यसदिन पनि तस्करीको ट्रान्जिट मानिने जुगेडा क्षेत्रमा प्रहरीसँग तरकरहरुको गिरोहकाे झडप भएकाे र घरलु हतियारले हानी प्रहरीकाे हत्या गरेकाे कैलाली प्रहरीको निष्कर्ष छ। जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदकाे हत्यापछि शव माेहना नदीमा फेला परेकाे थियाे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...