News Portal

मन्त्रीपरिषद पुनर्गठन: मन्त्रीको सपथग्रहणमा सभामुख उपस्थित, प्रधानमन्त्रीसँग सामान्य बोलचाल

हिमालीसंचार संवाददाता
५६० पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई विहीबारको एक सम्वोधनमा “कानून नजानेका, किर्ते सभामुख”को संज्ञा दिएका थिए तर, शुक्रबार मन्त्री परिषद हेरफेर कार्यक्रममा सभामुख सापकोटाले पनि शीतलनिवास पुगेर सहभागिता जनाएका छन्।

सपथ ग्रहण कार्यक्रममा सभामुख सापकोटाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए। सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख एवं अध्यक्ष सहभागी बन्ने प्रचलन छ।

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति र प्रधानन्यायाधीश भने सहभागी थिएनन्। उपराष्ट्रपतिले बिरामीको कारण देखाएर आउन नसकेको बताएका थिए। प्रधानन्यायाधीश भने मुद्दा मामिला परेकाबेला यस्तो कार्यक्रममा जाँदा विवाद पर्ने भएकाले उपस्थित नभएको स्रोत बताउँछ तर, विगतमा पनि सानातिना मन्त्री हेरफेर हुने कार्यक्रममा प्रधानन्यायाधीश उपस्थित हुने गरेका थिएनन्।

मन्त्रीहरुले सपथग्रहण गर्नुभन्दा अगाडि नै प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष शीतलनिवासमा भेला भएका थिए। संवैधानिक परिषदको बैठकमा सभामुख अनुपस्थित भएपछि रिसाएका प्रधानमन्त्रीसँग सभामुख सापकोटाको सामान्य कुराकानी भएको स्रोतले बतायो।

सभामुखले प्रधानमन्त्रीलाई सामान्य सञ्चो विसञ्चो सोधेपछि मन्त्रिपरिषद पुनर्गठनबारे जिज्ञासा राख्दै को–को मन्त्री बन्दैछन् भन्ने नै आफूलाई थाहा नभएको बताएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले फलाना फलानाले सपथ ग्रहण गर्न लागेका छन् भनेर सभामुखलाई जानकारी दिएका थिए।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...