News Portal

मन्त्रीपरिषद पुनर्गठन: मन्त्रीको सपथग्रहणमा सभामुख उपस्थित, प्रधानमन्त्रीसँग सामान्य बोलचाल

हिमालीसंचार संवाददाता
६१२ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई विहीबारको एक सम्वोधनमा “कानून नजानेका, किर्ते सभामुख”को संज्ञा दिएका थिए तर, शुक्रबार मन्त्री परिषद हेरफेर कार्यक्रममा सभामुख सापकोटाले पनि शीतलनिवास पुगेर सहभागिता जनाएका छन्।

सपथ ग्रहण कार्यक्रममा सभामुख सापकोटाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए। सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख एवं अध्यक्ष सहभागी बन्ने प्रचलन छ।

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति र प्रधानन्यायाधीश भने सहभागी थिएनन्। उपराष्ट्रपतिले बिरामीको कारण देखाएर आउन नसकेको बताएका थिए। प्रधानन्यायाधीश भने मुद्दा मामिला परेकाबेला यस्तो कार्यक्रममा जाँदा विवाद पर्ने भएकाले उपस्थित नभएको स्रोत बताउँछ तर, विगतमा पनि सानातिना मन्त्री हेरफेर हुने कार्यक्रममा प्रधानन्यायाधीश उपस्थित हुने गरेका थिएनन्।

मन्त्रीहरुले सपथग्रहण गर्नुभन्दा अगाडि नै प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष शीतलनिवासमा भेला भएका थिए। संवैधानिक परिषदको बैठकमा सभामुख अनुपस्थित भएपछि रिसाएका प्रधानमन्त्रीसँग सभामुख सापकोटाको सामान्य कुराकानी भएको स्रोतले बतायो।

सभामुखले प्रधानमन्त्रीलाई सामान्य सञ्चो विसञ्चो सोधेपछि मन्त्रिपरिषद पुनर्गठनबारे जिज्ञासा राख्दै को–को मन्त्री बन्दैछन् भन्ने नै आफूलाई थाहा नभएको बताएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले फलाना फलानाले सपथ ग्रहण गर्न लागेका छन् भनेर सभामुखलाई जानकारी दिएका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...