News Portal

  • कांग्रेसको बैठकमा उठ्यो हिन्दूराष्ट्रको एजेन्डा

    हिमालीसंचार संवाददाता
    ३९८ पटक

    काठमाडौं – नेपाली कांग्रेसको बैठकमा हिन्दूराष्ट्रको एजेन्डा कांग्रेसले उठाउनुपर्ने आवाज निस्केको छ। प्रतिनिधिसभा विघटनका सन्दर्भमा पार्टीको धारणा तय गर्न बोलाइएको बैठकमा हिन्दूराष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क अघि सारिएको छ।

    सभापति शेरबहादुर देउवा पक्षीय दुई केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको मागसहित कांग्रेस सडकमा जानुपर्ने सुझाव दिएका छन्। नेताहरु शंकर भण्डारी र देवेन्द्रराज कँडेलले हिन्दूराष्ट्र कायम हुनुपर्ने मुद्दा कांग्रेसले सडकमार्फत् उठाउनुपर्ने माग राखेका हुन्।

    कांग्रेसले हिन्दूराष्ट्रको माग नउठाए अरु शक्तिले कब्जा गर्ने प्रति उनीहरुले नेतृत्वलाई सचेत बनाए। भण्डारी कांग्रेसका पूर्वनेता खुमबहादुर खड्का निकट हुन्। कँडेल सभापति देउवा निकट केन्द्रीय सदस्य हुन्।

    बैठकमा नेता डा.मीनेन्द्र रिजालले कांग्रेसले सडक आन्दोलनमा जोड दिनुपर्ने बताएका छन्। संसद विघटनको मुद्धा लिएर आन्दोलनमा जान नहुने तर्कसमेत बैठकमा उठेको छ। आन्दोलनमा नगई विरोध मात्रै गर्नुपर्ने कतिपय नेताको धारणा छ।

    १९ गते अर्को बैठक !

    कांग्रेसको अर्को बैठक पुस १९ मा बस्ने भएको छ। पार्टीको औपचारिक धारणा तय गर्न बसेको बैठकलाई ‘बैठकका लागि बैठक’ भएजस्तै बनाइएको छ। अदालतको धारणा कुर्ने संस्थापन पक्षको चाहनाअनुरुप बैठक लम्ब्याउन खोजिएको संस्थापनइतरका नेताहरुले बताएका छन्।

    दिउँसो १ बजे बोलाउने गरिएको बैठकमा चार जनाभन्दा बढीलाई बोल्न दिइएको छैन। यथेष्ट समय बोल्न दिनुको कारण समय तन्काउने कार्यमात्रै भएको कतिपय नेताको बुझाइ छ।

    पुस ७ देखि बोलाइएको बैठकमा हालसम्म १५ जनाले आफ्ना धारणा राखेका छन्। केन्द्रीय समितिमा मनोनित र आमन्त्रितसहित सदस्य सहित गरि सय बढी पुगेका छन्। सोमबार पुस १३ गते हुने देशव्यापी प्रर्दशनको समीक्षा गरि अर्को प्रर्दशन तय गरिने बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...