News Portal

कांग्रेसको बैठकमा उठ्यो हिन्दूराष्ट्रको एजेन्डा

हिमालीसंचार संवाददाता
४६६ पटक

काठमाडौं – नेपाली कांग्रेसको बैठकमा हिन्दूराष्ट्रको एजेन्डा कांग्रेसले उठाउनुपर्ने आवाज निस्केको छ। प्रतिनिधिसभा विघटनका सन्दर्भमा पार्टीको धारणा तय गर्न बोलाइएको बैठकमा हिन्दूराष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क अघि सारिएको छ।

सभापति शेरबहादुर देउवा पक्षीय दुई केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको मागसहित कांग्रेस सडकमा जानुपर्ने सुझाव दिएका छन्। नेताहरु शंकर भण्डारी र देवेन्द्रराज कँडेलले हिन्दूराष्ट्र कायम हुनुपर्ने मुद्दा कांग्रेसले सडकमार्फत् उठाउनुपर्ने माग राखेका हुन्।

कांग्रेसले हिन्दूराष्ट्रको माग नउठाए अरु शक्तिले कब्जा गर्ने प्रति उनीहरुले नेतृत्वलाई सचेत बनाए। भण्डारी कांग्रेसका पूर्वनेता खुमबहादुर खड्का निकट हुन्। कँडेल सभापति देउवा निकट केन्द्रीय सदस्य हुन्।

बैठकमा नेता डा.मीनेन्द्र रिजालले कांग्रेसले सडक आन्दोलनमा जोड दिनुपर्ने बताएका छन्। संसद विघटनको मुद्धा लिएर आन्दोलनमा जान नहुने तर्कसमेत बैठकमा उठेको छ। आन्दोलनमा नगई विरोध मात्रै गर्नुपर्ने कतिपय नेताको धारणा छ।

१९ गते अर्को बैठक !

कांग्रेसको अर्को बैठक पुस १९ मा बस्ने भएको छ। पार्टीको औपचारिक धारणा तय गर्न बसेको बैठकलाई ‘बैठकका लागि बैठक’ भएजस्तै बनाइएको छ। अदालतको धारणा कुर्ने संस्थापन पक्षको चाहनाअनुरुप बैठक लम्ब्याउन खोजिएको संस्थापनइतरका नेताहरुले बताएका छन्।

दिउँसो १ बजे बोलाउने गरिएको बैठकमा चार जनाभन्दा बढीलाई बोल्न दिइएको छैन। यथेष्ट समय बोल्न दिनुको कारण समय तन्काउने कार्यमात्रै भएको कतिपय नेताको बुझाइ छ।

पुस ७ देखि बोलाइएको बैठकमा हालसम्म १५ जनाले आफ्ना धारणा राखेका छन्। केन्द्रीय समितिमा मनोनित र आमन्त्रितसहित सदस्य सहित गरि सय बढी पुगेका छन्। सोमबार पुस १३ गते हुने देशव्यापी प्रर्दशनको समीक्षा गरि अर्को प्रर्दशन तय गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...