News Portal

भारत भ्रमणमा परराष्ट्रमन्त्री ज्ञवाली जाने, प्रधानमन्त्रीले भारत भ्रमण गर्ने हल्ला !

हिमालीसंचार संवाददाता
४६९ पटक

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने तयारीमा रहेको परराष्ट्र स्रोतले जनाएको छ। उहाँको भारत भ्रमणको मिति तय भने भइनसकेको स्रोतले जनाएको छ। यद्यपि, परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण केही दिनमै हुने स्रोतले बतायो। मन्त्री ज्ञवाली दुई पक्षिय वार्ताको लागि भारत जान लाग्नु भएको हो।

मंसिर ११ गते काठमाडौं आउनु भएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलामार्फत भारतीय विदेदेशमन्त्री एस जयशंकरले दुई पक्षिय वार्ताका लागि मन्त्री ज्ञवालीलाई निम्तो पठाउनु भएको थियो। मन्त्री ज्ञवलीको भ्रमण अघि नेपालस्थित भारतीय दूतावास र नेपालस्थित भारतीय दूतावासले विभिन्न तयारी भइरहेको बताएका छन्।

नेपालमा आन्तरिक राजनीतिक संकट गरेका बेला भारतमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल भ्रमण गर्ने भन्दै हल्ला फैल्याइएको छ। भारतका संचार माध्यमहरुले शुक्रबार प्रधानमन्त्री ओलीले २०२१ जनवारी पहिलो सातामै भ्रमण गर्ने भन्दै समाचार छापेका थिए तर, प्रधानमन्त्री ओलीको भ्रमणबारे परराष्ट्रमन्त्रालयले जानकारी नभएको बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...