News Portal

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने !

हिमालीसंचार संवाददाता
५४३ पटक

काठमाडौं – आज साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। नेकपा विभाजनपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। प्रायः सोमवार र विहीवार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज शुक्रवार साँझ ६ बजे बैठक बस्ने भएको छ।

आजको बैठकले प्रदेशसभा विघटनको सिफारिस हुनसक्ने आँकलन समेत गरिएको छ। प्रदेश सरकार विरद्ध अविश्वास प्रस्ताव आए आफूले कडा कदम चाल्ने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसहेका छन्।

आजै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बिरुद्ध पुष्पकमल दाहाल प्रचण्ड माधबकुमार नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् भने, दाहाल-नेपाल समुहका तीन मन्त्रीले राजीनामा दिएका छन्।

प्रदेश नं. १ र लुम्बिनीमा मुख्यमन्त्री ओली पक्षिय छन् भने, प्रदेशसभामा दाहाल-नेपाल पक्षिय सांसद धेरै छन्। एक र लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने भएकाले प्रधानमन्त्रीले प्रदेशसभा विघटनको प्रस्ताव गर्न सक्ने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...