News Portal

गजुरमुखी जेभिकाे लापरबाही, नियमक निकाय माैन

हिमालीसंचार संवाददाता
४२० पटक

रबिन्द्र बराल,
मोरङ – बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरङ खण्डको सुनवर्सि नगरपालिका-५ स्थित झिङ्गि टाेल नजिकै हुलाकी सडक निर्माणका भईरहेता पनि ठुला कम्पनीहरुकाे बारम्बार चरम लापरबाही हुने गरेको पाईएकाे छ।

साे सडकमा अहिले ठाउँठाउँमा कल्भट निर्माणकार्य भईरहेता पनि ठेक्केदार कम्पनीले भने कल्भट निर्माणमा कमसल ईट्टा प्रयाेग गरिरहेकाेे र सिमेन्ट समेन्ट समेत डल्लो भएको प्रयोग गरेकाे पाईएकाे छ। साे ठाउँमा गाउँ नभएको र सुनसान ठाउँ भएको मौका छाेपि ठेक्केदार कम्पनीका प्रमुखहरुकै निर्देशनमा कमशल काम गर्ने लगाएकाे स्थानीयकाे आराेप लगाएका छन।

केहि साता अगाडिसमेत साेहि ठाउँमा ३ नम्बर ईट्टाकाे प्रयोग गरेको भेटिएको र पुनः जमेकाे सिमेन्टसमेत प्रयोग गरेको भेटिएको छ। हुलाकी सडकका प्रमुख दिपेन्द्र पाण्डेका अनुसार कमशल काम गरेको पाईएमा निर्माण गरिएको कलभट पुनः भत्काएर नयाँ निर्माण गर्ने लगाउने बताए।

गजुरमुखी मोतीदान जेभिका कन्ट्याक मेनेजर दिपक बाेहराका अनुसार आफुहरुले स्टाेक गरेर राखिएको सिमेन्ट भएको हुनाले डल्ला परेकाे सुईकार गरेका छन। रतुवा डाइनिया रंगेली सेक्सन अन्तर्गत ० किमीदेखि १६+५०० किमीसम्मको खण्ड कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ।

उक्त कम्पनीकाे दुई खण्डमा गरि साे सडक कालोपत्रे गर्न ७७ कराेड ६७ लाख ६५ हजार ८ सय ४२ रुपैयाँमा ठेक्का पाएकाे छ। बारम्बार लापरबाही गर्दासमेत सम्धित निकायले बेवास्ता गर्दा ठेक्केदार कम्पनीहरुलाई उन्मुक्ति दिएकाे साेझाै अनुमान लगाउन सकिन्छ। सम्धित निकायले यस बिषयमा समयमै ध्यान दिनु जरुरी देखिन्छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...