News Portal

नेपालजस्तो सुन्दर ठाउँ विश्वमा देखिनः बलिउड अभिनेता गोविन्दा

हिमाली संचार संवाददाता
६३३ पटक

काठमाडौं– बलिउड अभिनेता    गोविन्दाले आफू नेपालीहरुको मायाले भावविभोर   भएको बताए । आइतबार आयोजित एल.जी. सिने सर्कल अवार्ड–२०७५ मा विशेष अथितिको रुपमा सहभागि उनले नेपालको सुन्दरताको समेत प्रशंसा गरे ।

प्रर्दशनी मार्गस्थित राष्ट्रियसभा गृहमा आयोजना भएको अवार्ड कार्यक्रममा गोबिन्दालाई कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले ढाकाको दोसल्ला ओडाएर सम्मान गरेका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गोबिन्दाले आफ्नो पहिलो प्रेम (हाल श्रीमती) नेपाली युवती भएको नेपालप्रति विशेष आत्मियता रहेको बताए । उनले ठट्टा गर्दै नेपाल आफ्नो ससुराली देश भएको समेत बताए । गोबिन्दाकी श्रीमती सुनिता अहुजा नेपाली मुलकी हुन् ।

गोविन्दा आफ्नी छोरी टिनाका साथ कार्यक्रमको विशेष आतिथ्य गर्नको लागि शनिबार नेपाल आएका हुन् ।  आजै बिहान पशुपतिनाथको दर्शन गरेका उनले नेपाल माया र साहसमा विश्वकै अनुकरणीय देश रहेको बताए । सम्बोधनको क्रममा उनले नेपालजस्तो सुन्दर ठाउँ आफूले संसारमा अन्त कतै नदेखेको उल्लेख गरे ।

सम्बोधनको क्रममा निक्कै धार्मिक सुनिएका गोबिन्दले बारम्बार आफूले ईश्वरजस्ती आमा पाएको बताउदै जीवनमा आफूमाथि ईश्वरको ठूलो कृपा भएको बताए ।

उनले ईश्वरले आफूलाई फिल्म खेल्नकै लागि बनाएको बताउँदै यही कारण आफू फिल्म लाइनमा आउँदा शुरुतिरै ७५ फिल्मको अफर आएको र त्यसमध्ये धेरै पन्छाउनुपरेको बताए । उनले भने, ‘मेरा सिनियर र ईश्वरको कृपाले म अहिलेको अवस्थामा छु ।’

कार्यक्रममा उनले लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट फिल्म अवार्ड समेत वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...