News Portal

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा मृगौला पीडितलाई ५ लाख भन्दा बढी आर्थिक सहयोग

हिमाली संचार संवाददाता
७२२ पटक

कुवेत,१६ सेप्टेम्बर – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान १४ सेप्टेम्बर २०१८ शुक्रबार देखि बन्द गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया ५,०५,२१० ( पाँच लाख पाँच हजार दुई सय दस रुपैया ) सहयोग संकलन गरेको छ ।

कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोनाले दुबै मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि ३१,अगस्त २०१८ देखि दिपक छन्त्यालको संयोजकत्वमा आर्थिक संकलन अभियान शुरु गरेको थियो । हिजो जिलिबको पपिन्स हलमा एक कार्यक्रम गरि अभियान संयोजक दिपक छन्त्यालले उक्त रकम सस्थाका काेषाध्यक्ष कृष्ण खड्कालाई बुझाउनु भएको छ । सम्पुर्ण सहयोगी दाताहरुको नामावली र रकमको विवरण पत्रकार तथा मोना म्याग्दीका तदर्थ समितीका महासचिव चन्द्र बिश्वकर्मालाई बुझाइएको छ । केही दिनमै सस्थाका संयोजक प्रेम बहादुर बिश्वकर्मा र काेषाध्यक्ष कृष्ण प्रसाद खड्का नेपाल गएर उक्त रकम ओमकुमारी शान्ति कोषमा हस्तान्तरण गर्ने बताइएको छ ।

केहि समय पहिले देखि दुवै मृगौलाले काम गर्न नसकेर थलिएका सुरेश बचाउ अभियान ओमकुमारी शान्ति कोषबाट संचालन भइरहेको छ । भर्खर १९ वर्षका सुरेश को घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा स्वदेश तथा बिदेशमा आर्थिक संकलन भइरहेको छ । युवा अवस्था मै दुवै मृगौलाले काम गर्न छोडेपछि उनी लगायत उनका परिवारमा ठुलो चोत पुगेको छ । दुवै मृगौला पीडित सुरेशले डाइलाइसिस गरिरहेका छन ।

उक्त अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नैतिक,भौतिक र आर्थिक सहयोग गर्ने सम्पुर्ण सहयोगी महानुभावलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले धन्यवाद प्रकट गरेको छ । शुक्रबार देखि मोना म्याग्दीले आर्थिक संकलन अभियान बन्द गरेको हुँदा अब कसैले पनि मोना म्याग्दीको तर्फबाट सहयोग संकलन नगरिदिनको लागि पनि अनुरोध गरेको छ ।

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...