News Portal

सूर्य थापा भन्छन्- प्रचण्डको प्रस्ताव अराजनीतिक हो, फिर्ता नगरे नेकपाको कुनै तहको बैठक हुँदैन

हिमालीसंचार संवाददाता
४३९ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लहकार सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेस गरेको प्रस्ताव फिर्ता गर्नुपर्ने बताएका छन। उनले (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई शुक्रबारको सचिवालयमा बुझाएको राजजीतिक प्रतिबेदन फिर्ता नगरे पार्टीको कुनै पनि तहको बैठक बस्न नसक्ने बताएका हून।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच पत्र जुहारी चलेकाबेला अन्य नेताहरुले पनि आफ्नो पक्षका अध्यक्षहरुको पक्षमा सघाउ पुग्नेगरी तर्क गरिरहेका छन्। यसअघि लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै बिरोध जनाएका थिए।

त्यस्तैगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले पनि प्रचण्डको प्रस्तावमा उल्लेखित कुराहरु एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताएका छन।

त्यस्तै सो प्रस्तावलाई उनले लाञ्छनाको संज्ञा दिँदै पत्रमाथि पार्टी कमिटीहरूमा छलफल हुन नसक्ने बताए। पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समितिको बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन भएको उनले बताएका छन। थापाले सो प्रस्ताबलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल हुन नसक्ने बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...