News Portal

चीनले सीमा नमिचेको पुष्टि गरे जस्तोसुकै सजाय भोग्न तयार छु : जीवनबहादुर शाही

हिमालीसंचार संवाददाता
४५७ पटक

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले आफ्नो नाम जोडेर प्रकाशित गरेको समाचारप्रति नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले खण्डन गरेका छन्।

नेपाली कांग्रेस, भारत र पश्चिमा शक्तिहरुले नेपाल–चीन सीमा विवाद उक्साइरहेका र पूर्व पर्यटनमन्त्रीसमेत रहेका जीवनबहादुर शाहीले चीनविरोधी गतिविधिको नेतृत्व गरेको गरिरहेको ग्लोबल टाइम्सले समाचार प्रकाशित गरेको छ। उक्त समाचारप्रति आपत्ति जनाउँदै शाहीले खण्डन गरेका छन्।

दुवै देशका विशेषज्ञको टोली र स्थानीयहरुको रोहबरमा अध्ययन गरेर चीनले सीमा नमिचेको पुष्टि गरे जुन सुकै सजाय भोग्न आफू तयार रहेको शाहीले क्यानडानेपालसँगको कुराकानीमा भने। स्थानीयसहित दुवै देशका विशेषज्ञ टोलीले स्थलगत अध्ययन गरेर चीनबाट सीमा नमिचिएको पुष्टि गरून, म जस्तोसुकै सजाय भोग्न तयार छु’, उनले भने।

आफ्नो भूमिको रक्षाका लागि काम गरिहँदा सरकारले उपेक्षा गर्दा चीनले गम्भीर आरोप लगाएको उनको गुनासो छ। सीमा मिचेको विषयलाई ढाकछोप गर्न चीनले आफू र आफ्नो पार्टीको नाम जोडेर समाचार प्रकाशित गरेको शाहीको भनाइ छ। भारत वा चीन दुवैले सीमा मिचेको आफूलाई स्वीकार्य नहुने बताउँदै उनले चीनले लगाएको निराधार आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए।

स्थलगत अध्ययन र तस्बिरसहित चीनले सीमा मिचेको प्रतिवेदन आफ्नो पार्टीलाई बुझाएको स्मरण गराउँदै उनले यसबारे सरकारले चासो नराख्दा चीनले सीमा मिचेको विषयलाई ओझेलमा पार्न आरोप लगाएको बताए। शाही नेतृत्वको अध्ययन टोलीले चीनले सीमा मिचेको दाबीसहित प्रतिवेदन आफ्नो पार्टी कांग्रेसलाई बुझाएको थियो। जसमा चीनले मिचेको भन्दै तस्बिर राखिएको थियो।

काठमाडौं वा बेइजिङबाट सीमा मिचेको नदेखिने भन्दै शाहीले स्थलगत अध्ययन गरेर सीमा नमिचेको पुष्टि गर्न चुनौतीसमेत दिए। यदीले चीनले सीमा नमिचेको स्थानीयसहित दुवै देशका विशेषज्ञ टोलीले पुष्टि गरे आफूले पदबाट राजीनामासमेत उनको भनाइ छ तर, सीमा मिचेर पनि मिचेको छैन भन्दै गम्भीर आरोप लगाउने चीनको व्यवहार दुःखदायी रहेको उनको टिप्पणी छ।

हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुगेर स्थलगत अध्ययन गरेको थियो।

चीनसँगको सीमा क्षेत्रका पिलर नम्बर ५ देखि १२ सम्मको सीमाक्षेत्रमा सो टोलीले ११ दिन लगाएर गरेको अध्ययनको निष्कर्षअनुसार नाम्खाको लिमिमा चीनले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको कांग्रेसले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको थियो। सो प्रतिवेदनका आधारमा गत असोज २८ गते कांग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...