News Portal

साउदीमा पहिलो पटक महिलाहरुको लागि खुल्यो पाइलटमा भर्ना

हिमाली संचार संवाददाता
५७३ पटक

साउदी अरब- साउदी अरब पहिलो पटक महिलाहरुको लागि पाइलट र फ्लाइट एटेडेन्टको भर्ना खुलेको छ ।

रियादको फ्लाइनास एयरलाइनले उड्यनको क्षेत्रमा महिलाहरुको पँहुच बढाउने उदेश्यले यो कदम उठाएको हो ।बुधबार भर्नाको सुचना जारी भएको २४ घण्टाभित्र देशभरबाट एक हजारभन्दा बढी महिलाहरुले आवेदन परेको छ ।

फ्लाइनासका प्रवक्ताले आफ्नो कम्पनी साउदीमा चलिरहेको परिवर्तनमा महिलाहरुको पनि महत्वपूर्ण हिस्सेदारी बनाउन चाहेको बताए । उनले एयरलाइन्सको सफलतामा महिलाहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

साउदी युवराज सलमान बीन साउद आफ्नो भिजन २०३० अन्तर्गत सन् २०३० सम्म साउदी अरबलाई तेल–ग्यास र हज यात्राबाट हुने आम्दानीमा रहेको हालको निर्भरता कम गर्न चाहन्छन् । साथमा उनी अर्थव्यवस्थामा विविधता दिनको लागि निर्माण तथा सेवा क्षेत्रलाई बढावा दिन चाहन्छन् ।

युवराज धेरैभन्दा धेरै मानिसहरुलाई अर्थव्यवस्थाको हिस्सा बनाउन चाहन्छन् भनेर उनको समर्थकहरु भनिरहेका छन् । यसले देशको उत्पादकत्वमा पनि वृद्धी गर्नेछ । तथापी देशका कयैन कट्टरपन्थी हिस्साले युवराजको सुधार प्रयासको आलोचना पनि गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...