News Portal

साउदीमा पहिलो पटक महिलाहरुको लागि खुल्यो पाइलटमा भर्ना

हिमाली संचार संवाददाता
६३४ पटक

साउदी अरब- साउदी अरब पहिलो पटक महिलाहरुको लागि पाइलट र फ्लाइट एटेडेन्टको भर्ना खुलेको छ ।

रियादको फ्लाइनास एयरलाइनले उड्यनको क्षेत्रमा महिलाहरुको पँहुच बढाउने उदेश्यले यो कदम उठाएको हो ।बुधबार भर्नाको सुचना जारी भएको २४ घण्टाभित्र देशभरबाट एक हजारभन्दा बढी महिलाहरुले आवेदन परेको छ ।

फ्लाइनासका प्रवक्ताले आफ्नो कम्पनी साउदीमा चलिरहेको परिवर्तनमा महिलाहरुको पनि महत्वपूर्ण हिस्सेदारी बनाउन चाहेको बताए । उनले एयरलाइन्सको सफलतामा महिलाहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

साउदी युवराज सलमान बीन साउद आफ्नो भिजन २०३० अन्तर्गत सन् २०३० सम्म साउदी अरबलाई तेल–ग्यास र हज यात्राबाट हुने आम्दानीमा रहेको हालको निर्भरता कम गर्न चाहन्छन् । साथमा उनी अर्थव्यवस्थामा विविधता दिनको लागि निर्माण तथा सेवा क्षेत्रलाई बढावा दिन चाहन्छन् ।

युवराज धेरैभन्दा धेरै मानिसहरुलाई अर्थव्यवस्थाको हिस्सा बनाउन चाहन्छन् भनेर उनको समर्थकहरु भनिरहेका छन् । यसले देशको उत्पादकत्वमा पनि वृद्धी गर्नेछ । तथापी देशका कयैन कट्टरपन्थी हिस्साले युवराजको सुधार प्रयासको आलोचना पनि गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...