News Portal

निर्मला हत्या प्रकरणले मलाई चिन्तित तुल्याएको छ : राष्ट्रपति

हिमाली संचार संवाददाता
६१४ पटक

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधिलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सम्बन्धित सबै पक्षलाई संवेदनशील हुन पनि गम्भिर ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँड्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दैै दोषीलाई खोजी गरी पीडित परिवारलाई न्याय दिन ढिलाई नगर्न पनि सम्वद्ध सबै पक्षलाई संवेदनशील हुन आग्रह गरिन् ।

उनले बालबालिकाको हक, हित संरक्षणमा सबै पक्षको सहयोगको आवश्यक्तामा पनि जोड दिनुभयो । राष्ट्रपति भण्डारीले बालमैंत्री समाज निर्माणमा सबैले सकेको सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले बालिबालिकामाथि भईरहेका यौनजन्य हिंसा, दूव्र्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई आग्रह गरिन् ।
उनले बाल अधिकार हनन्का घटना हुन नदिन प्रहरी प्रशासन, अनुसन्धान गर्ने निकाय र समाजलाई मिलेर अघि बढ्न पनि आह्वान गरिन् ।

राष्ट्रपति भण्डारीले बालबालिका भोलिको समक्ष र योग्य नागरिक भएकाले उनीहरुको समग्र विकासमा आवश्यक संरक्षण प्रदान गर्न सरकार, अभिभावक, शिक्षालय सबैको योगदानको जरुरी रहेको बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...