News Portal

रुपन्देही कांग्रेसद्वारा नेकपाको कार्यक्रम बहिस्कार, कालो झण्डा प्रदर्शन !

हिमालीसंचार संवाददाता
५७८ पटक

बुटवल – रुपन्देही कांग्रेसले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा सारेको विरोधमा नेकपाका प्रदेश सांसदलाई कालो झण्डा देखाएर प्रदर्शन गरेको छ। रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेकपाका प्रदेश सांसद तुलसीप्रसाद चौधरीलाई कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले शनिबार कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन्।

गाउँपालिकाको भवन उद्घाटन गर्न लुम्बिनी प्रदेशका पर्यटनमन्त्री लीला गिरी आउने कार्यक्रम थियो। कांग्रेसले विरोध गर्ने सूचना पाएपछि मन्त्री गिरी कार्यक्रममा अनुपस्थित भएका थिए। त्यसपछि नेकपाका प्रदेश सांसद चौधरीलाई भवन उद्घाटन गर्न पठाइएको थियो।

कांग्रेसले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गरेको विरोधमा कालो झण्डा प्रदर्शन गरिएको जनाएको छ। कांग्रेसका निर्वाचित जनप्रतिनिधिहरूले भवन उद्घाटन कार्यक्रम बहिस्कारसमेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...