News Portal

अमेरिकामा नेपाली समुदायसँग डा.भट्टराईले गरे भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

७३५ पटक

विजय थापा
डिसि – अमेरिका आइपुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग यहाँ रहेका नेपाली समुदायले भेटघाट र अन्तरक्रिया गरेका छन् ।

भट्टराई डिसी क्षेत्रको मेरिल्याण्ड राज्यमा नेपाली समुदायको पहलमा राखिएको अन्तर्क्रियामा सहभागी भएका हुन् । उनले उदार प्रजातन्त्र र साम्यवाद भएका विश्वका विभिन्न राष्ट्रहरुमा संकटका मूल कारण के हुन् र नेपालजस्तो देशमा कसरी प्रजातन्त्रलाई अझ सहभागितामूलक, जिम्मेवार तथा समावेशी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

नेपाल जस्तो मुलकले कसरी द्रुत गतिमा विकास गर्न सक्छ भन्ने विषयमा अमेरिकामा रहेका नेपाली समुदायसँग सुझाव सल्लाह र परामर्श लिन आएको भट्टराईले बताए । उनीसँगै पत्नी हिसिला यमी पनि अमेरिका भ्रमणमा छिन् ।

डा भट्टराईले आफ्नो जन्मथलोको विकासमा ज्ञान, सीप तथा धन जुन माध्यमबाट सकिन्छ त्यसबाटै सहयोग गर्न अमेरिकामा बस्ने नेपाली समुदायलाई आग्रह गरे ।

आफूले अहिलेको जस्तो विकास नभई द्रुत गतिमा विकास चाहेको भट्टराईले बताए । करिव एक महिने अमेरिका यात्रामा उनले अमेरिकाको राजधानी वासिङ्टन डिसी सुरु गरी नेपालीहरुको जन घनत्व ज्यादा भएको शहर न्यूयोर्क, टेक्सस, बोस्टनलगायत राज्यहरुमा सम्भव भएसम्म पुग्ने बताए ।

कार्यक्रममा राजदूत डा अर्जुनकुमार कार्की, प्रेमराजा महत,अमेरिका नेपाल सोसाइटी, एनपीपीए,अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)का अध्यक्ष  गुणराज लुईटेललगायत पत्रकार र अमेरिकामा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...