News Portal

छोराको खाता खोज्न बैंक जाँदा बाबूले पाए १० लाख

हिमालीसंचार संवाददाता
४७० पटक

काठमाडौं – पूर्णबहादुर गुरूङ तनहुँ भानु नगरपालिकाका हुन्। जापान गएका छोरा प्रदीप खासै प्रगति गर्न नसकेर नेपाल फर्किएका थिए। आयआर्जनको अर्को बाटो पनि थिएन। पूर्णबहादुरको जीवनमा अर्को समस्या आइपर्‍यो। गत फागुनमा २९ वर्षीय प्रदीपको सडक दुर्घटनामा ज्यान गयो। एक्लो छोरा गुमाएपछि पूर्णबहादुर विक्षिप्त बने।

उनी शोकबाट बाहिर आउँदै थिए। चार महिनापछि घरमा एक दिन नबिल बैंकको चेकबुक देखे। छोराको कमाइको स्रोत थिएन। तै पनि बैंकमा बुझ्दा खातामा ५० हजार रूपैयाँ रहेछ। खाता बन्द गर्ने बेला पो पूर्णबहादुरले थाहा पाए, बैंकका छोराको बीमा रहेछ।

‘बैंकका कर्मचारीलाई सोध्दा प्रदीपले दुर्घटना बीमा गरेको रहेछ,’ गुरूङले भने, ‘बैंकले कागजपत्र, प्रहरी रिपोर्ट माग्यो।’ बैंकले मागे अनुसार कागजात बुझाएपछि अन्ततः गत भदौमा पूर्णबहादुरले बिमावापतको १० लाख रकम पाए। त्यो पैसाले उनलाई ठूलो राहत दियो। ‘छोराले जापान गएर त पैसा कमाउन सकेको थिएन। तर आफू नभए पनि बुवाका लागि सोचविचार गरिदिएको रहेछ,’ उनले भने, ‘छोरा भएजस्तो त किन हुन्थ्यो ? तर पनि खुसी लागेको छ।

बीमा बापत पाएको रकम पूर्णबहादुरले छोरालाई जापान पठाउँदा लागेको ऋण तिर्ने योजना बनाएका छन्। केही रकम छोराको वर्ष दिनको काममा खर्चिने उनले बताए। ‘उसैलाई जापान पठाउँदा र काजकिरिया गर्दा ३ लाख जति ऋण लागेको छ। त्यो तिर्छु। बाँकी पैसा बैंकमै राख्नु पर्ला,’ उनले भने।

(पूर्णबहादुर गुरुङलाई बीमा रकम भुक्तान गर्दै नबिल बैंकका सीईओ अनिल केसरी शाह।)

नबिल बैंक कान्तिपथ शाखाका म्यानेजर विरूप्रसाद श्रेष्ठ बैंकले दुर्घटना बीमा रकम उपलब्ध गराउँदा धेरैले राहत पाएको अनुभव सुनाउँछन्। पूर्णबहादुरकै उदाहरण दिँदै उनी भन्छिन्, ‘उहाँले मृत्यु भएको छोराको नबिलको चेक भेट्नु भएछ। बैंकमा खाता छ, पैसा होला कि भनेर जाँचबुझ गर्न बैंकमा आउनुभयो। ५० हजार जति रहेछ। यस्तो केसमा बैंकले राम्रोसँग डकुमेन्ट हेर्छ। बुझ्दै जाँदा उहाँको छोरा बीमाको नियमभित्र पर्नु भएको कुरा थाहा लाग्यो।’

खाता बन्द गर्दा बैंकले कारण बुझेर राम्रैसँग कागजपत्र हेर्छ। प्रदीपको मृत्युको कागजात बुझेर बीमा कम्पनीमार्फत् रकम भुक्तानी गरिएको उनको भनाइ छ। ‘बुवामार्फत्, प्रहरी रिपोर्ट, मेडिकल रिपोर्ट झिकाएर कागजपत्र मिलायौं। केही समय पक्कै लाग्यो। दुःख पनि भयो। अन्ततः हामीले बीमा कम्पनीमार्फत् प्रदीपका बुवा पूर्णबहादुर गुरुङलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्‍यौं। श्रीमती नभएको, एक्लो छोरा पनि मृत्यु भएपछि अहिले पूर्णजीलाई त्यही पैसाले केही भए पनि राहत दिएको छ,’ म्यानेजर विरु भन्छन्।

हामीले बेलैमा सोचविचार गर्ने हो भने आफू नहुँदा पनि आफ्ना परिवारलाई थोरै भए पनि खुसी दिन सकिने रहेछ। साथै कतिपय केसमा उपचार बीमा, दुर्घटना बीमा गरिएको तर दावी गर्ने मेसो नमिल्दा योजनाबाट ग्राहकले फाइदा लिन नसकेको पनि उनले बताए।

‘बैंकमा गरिएको बीमा वा कुनै पनि काम परिवारलाई पनि थाहा दिन जरुरी छ। कतिपय कुरा परिवारका सदस्यलाई थाहा नहुँदा फाइदा लिन सकिरहेका हुँदैनौं,’ उनले भने, ‘ग्राहकले जतिसक्दो फाइदा लिन सकून् भन्ने हाम्रो चाहना छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...