News Portal

बल्ल ब्यूँजिए डा.बाबुराम भट्टराई !

हिमालीसंचार संवाददाता
५३६ पटक

रामेश्वर शाह/काठमाडौं – डा.बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री हुन्। उनी जनता समाजवादी पार्टीमा आवद्ध छन्। पहिलो संविधानसभा कार्यकालको प्रमुख राजनीतिक दल नेकपा माओवादीका उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले संविधान निर्माणका क्रममा देखिएका विवाद समाधान गर्दै सहमति जुटाउने संविधानसभा अन्तर्गतको महत्वपूर्ण समिति ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति’का सभापति पनि हुन्।

संविधानसभाबाट संविधान जारी गरेपछि नेकपा माओवादी परित्याग गरि आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टी खोलेका डा. भट्टराई अहिले जनता समाजवादी पार्टीबाट राजनीतिक गरिरहेका छन्।

गरिब जनताको मुक्तिका लागि भन्दै भएको १० वर्षे सशस्त्र विद्रोहको नेतृत्व गरेका डा.बाबुराम भट्टराईलाई भुइँ मान्छेको पीडादेखि सत्ताको आरामदायी शालिसान अनुभवसम्म छ। यसर्थ भुइँमान्छेको पीडाको अनुभूतिदेखि सत्ताको पहुँचसम्म उनको तागत र क्षमता छ।

उनै डा.बाबुराम भट्टराई बुधबार खुलामञ्चमा आफ्ना सहयोगीसहित भोका नागरिकलाई खाना खुवाउन पुगे। कोरोनाभाइरस संक्रमणको कहरले जनता भोकभोकै परेको ६ महिनापछि भट्टराई खाना खुवाउन खुलमञ्च पुगेका हुन्।

साधारण व्यक्ति र केही संस्थाहरुले दैनिक ६ सय बढीलाई आफ्नै मिहेनतले खाना खुवाउने गरेको समाचारमा छ्यापछ्याप्ती आउन थालेको केही हप्तापछि डा. भट्टराई पनि खुलामञ्च पुगेका हुन्। लकडाउन सुरु भएको २/४ दिनदेखि १ सय ग्रुपसहितको टिमले खुलामञ्चसहित केही स्थानमा खाना खुवाउँदै आएका छन्।

पछिल्लो समय केही सेलिब्रेटी र मनकारी मानिसहरु खाना खुवाउन खुलामञ्चमा पुग्ने गरेको लाइनमा आज डा.भट्टराई पनि मिसिन पुगेका हुन्। कतिपयले उनको खुलामञ्चको यात्रालाई चर्चा पाउनका लागि गरिएको टिप्पणी गरेका छन्।

जे होस् उनको हातबाट केही भोकाएका नागरिकको पेट भरियो तर, पूर्वप्रधानमन्त्री, बहालवाला सांसद डा. भट्टराईसँग उनीहरुले एकछाक भेट भर्नका लागि मात्रै होइन परिश्रम गरेर खान पाउने व्यवस्थाको अपेक्षा गरेका छन्।

कानुन निर्माण गर्ने जिम्मेवारी र कानुन कार्यान्वन भए नभएकोबारे खबरदारी गर्ने जिम्मेवारी बोकेका सांसद भट्टराई पूर्वप्रधानमन्त्रीको हैसियतमा पनि छन्। उनलाई सोहीअनुसार सुरक्षा प्रदान पनि गरिएको छ।

खुलामञ्च पुग्दा पनि अघिपछि प्रहरी देखिन्थे तर, कुनै बेला भट्टराईजस्ता नेताको जनपक्षीय चर्का भाषण सुनेको स्थान खुलामञ्चमा कहिल्यै मागेर खाना पर्ला भन्ने कल्पनासमेत नगरेका श्रमजीवि मजदुरहरुले आज उनै भट्टराईको हातबाट भुइँमा चप्पल ओछ्याएर खाना खान विवश भए।

गरिब र धनी बराबर हुने, शहर र गाउँका विद्यार्थीले एउटै शिक्षा पाउने, कोही भोकै बस्नु नपर्ने, कोही पनि घरबारबिहीन हुनु नपर्ने, श्रमको उचित सम्मान र मूल्य हुने अर्थात समाजमा कुनै किसिमको विभेद नहरने भट्टराईजस्ता नेताले देखाएका सपना माओवादी द्वन्द्वको अन्त्यसँगै टुंगिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै नेपाली भोकै बस्नु नपर्ने सुगा रटान पनि हिजोआज भाषणमात्रै थियो भन्ने वास्तविकता उदाङ्गिएको छ।

डा.भट्टराई खुलामञ्चमा गएर केही सय व्यक्तिको एक छाक टार्ने काम नराम्रो होइन तर, सत्ताको बागडोर सम्हालि सकेका व्यक्ति उनले मुलुकभरका कुनै पनि जनता भोकै बस्नु नपर्ने अवस्थाको अन्त्यका लागि सिंहदरबार र बालुवाटारमा दबाब दिन किन जान सकेनन् ?

देशभर संगठन भएको पार्टी जसपाका नेता उनले चुनावका बेला खटाएको जसरी आफ्ना कार्यकर्तालाई कहाँ कति जनता भोकै छन् र उनीहरुको भोकप्यास मेटाउन के कसरी सकिन्छ भन्नेबारे जानकारी लिन कुनै उर्दी जारी गर्न सकेका छैनन्।

खैर कम्तिमा भोकाएका जनतालाई एक छाक खाना खुवाउन जाने उनी सम्भवतः पहिलो नेता बनेका छन्। ढिलै भए पनि उनी खुलामञ्च पुगे। सबै नेताहरु पालैपालो गएर खाना खुवाउने हो भने पनि केही दिन गरिब जनताको पेटमा मनतातो खाना पुग्ने थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...