News Portal

  • वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

    रासस
    ३८४ पटक

    काठमाडौ – राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्नु संविधानविपरीत रहेको ठहर गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सो रिट दायर गरेका हुन्।

    नेपालको संविधानको धारा २, धारा ७४ को बहुदलीय शासन प्रणाली सम्बन्धी व्यवस्था, यस्तै धारा ७८ को ४ र धारा ८६ को विपरीत गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनीत गरिएको रिटमा भनिएको छ।

    गौतम २०७४ सालमा बर्दिया क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता सञ्जय गौतमसँग पराजित भएका थिए। जनताले पराजित गरेको मानिसलाई चोर बाटोबाट राष्ट्रिय सभामा लैजानु हुन्न भनेर पार्टीभित्र र बाहिर विरोध भएको थियो।

    मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। असोज १ गते बिहीबार राष्ट्रपति भण्डारीले गौतमलाई मनोनीत गरेकी थिइन्। राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने तीन मध्ये एक सिट फागुनदेखि खाली थियो।

    तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल सकिएपछि सो सिट खाली भएको हो। राष्ट्रियसभा सदस्यमा मननोनीत गौतमले बिहीबारै शपथ लिएका थिए।

    फागुनदेखि खाली रहेको राष्ट्रियसभा सदस्य पदमा प्रधानमन्त्री केपी ओलीले डा.खतिवडालाई नै पठाउने इच्छा व्यक्त गरे पनि पार्टीका अरू नेता गौतमलाई पठाउनुपर्ने पक्षमा उभिएपछि गौतमको नाम सिफारिस गरिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

    बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय...

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...