News Portal

  • युएईमा संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    ४०६ पटक

    रामप्रसाद ढुंगेल, युएई – नेपाली दूतावास अबुधाबीले छैटौं संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डाेत्तलन गरेको छ । सेप्टेम्बर २० तारिख आइतबार एक कार्यक्रम आयोजना गरी दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डाेत्तलन गर्नुभएको हो । 

    झन्डाेत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझा लगायत दूतावासका अन्य कर्मचारी तथा नेपाली समुदाय र सिमित पत्रकारहरुको उपस्थिति रहेकोे थियो । 

    झन्डाेत्तलनपछि दूतावासको सभाकक्षमा संविधान दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको संचालन गर्दै उपनियोग प्रमुख धितालले नेपालको हाल लागु संविधानले राजनीतिक स्वतन्त्रता र मौलिक अधिकारको पुर्ण ग्यारेन्टी गरेको र विश्वका गतिशील संविधानहरुमा  नेपालको संविधान रहेको बताउनुभयो । 

    संविधानको सम्मान र पालना गर्दै यसलाई रास्ट्रय दिवसको रूपमा पनि मनाउन थालिएको बताउदै धितालले यही खुशीयालीमा राजदुतको आवासमा तीन दिनसम्म दिपावली गरिएको जानकारी दिनुभयो । 

    वहाँले संविधान दिवसको अवसरमा विश्वको अग्लो टावर युएईको दुबईस्थित बुर्ज खलिफामा नेपाली झन्डा गत वर्षदेखि फहराउन दूतावासले पहल गरेको र दूतावासको पहललाई युएई सरकारले पनि उच्च सम्मान गर्दै नि:शुल्क उक्त सुविधा प्रदान गरेकोले युएईमा क्रियाशील नेपालीहरुले गौरवको अनुभुति गरेको दाबी गर्नुभयो । वहाँले अबुधाबीस्थित एडनक भवनमा पनि लामो समयसम्म नेपाली झन्डा सेप्टेम्बर १९ को रातमा फहराएको र दुबै स्थानमा नेपाली दूतावासका प्रतिनिधिहरु उपस्थित भएर हजारौं नेपालीसँगै खुशीयाली साटासाट गरेको जानकारी दिनुभयो । 

    कार्यक्रममा राजदुत ढकालले संविधान दिवसको उपलक्ष्यमा रास्ट्रपति विध्यादेवी भण्डारीले सार्वजनिक गरेको शुभकामना सन्देश वाचन गर्दै नेपालको हाल क्रियाशिल संविधानको लोकप्रियता, व्यापकता र विशेषताबारे प्रकाश पार्नुभएको थियो । राजदूत ढकालले यो संविधान विश्वका थोरै उत्कृष्ट संविधानहरुमा पर्ने दाबी गर्दै स्थिरता र  राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्न सफल भएको बताउनुभयो ।

    कोरोनाको कहरका कारण नेपालको महत्त्वपूर्ण दिनलाई सानो आकारमा मनाउनु परेको वाध्यता दर्साउदै राजदूत ढकालले   संविधान दिवसको उपलक्ष्यमा युएईमा कार्यरत सबै नेपालीहरुलाई सुख, शान्ति तथा सुस्वास्थको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाली समाज युएईका उपाध्यक्ष गणेश न्यौपानेले यो विषम परिस्थितिमा पनि दूतावासले नेपाली संविधानप्रति दर्साएको सम्मानका लागि दूतावास परिवार लाई धन्यवाद प्रकट गर्नुभयो । नेपाल पत्रकार महासंघको तर्फबाट सहसचिव राम ढुंगेल र सदस्य रामकुमार परियारले पनि शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    मितेरी सहकारी ठगी प्रकरणः ज्योतिबहादुर भण्डारीविरुद्ध ७ दिनको म्याद थप

    काठमाडौं, असार ५ – कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त...

    अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन, न्याय परिषद्मा तानिए

    काठमाडौं, असार ५ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत...

    नेपालमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सीमा नाकाबाट जोखिम बढ्दै

    काठमाडौं, असार ५ – नेपालमा कोरोना भाइरस संक्रमण पुनः देखिन थालेको छ। पछिल्लो समय मौसम...

    भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिनको माग, राप्रपाको संसद्मा आवाज

    काठमाडौं, असार ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा संलग्नताको आशंकामा पूर्वदेखि वर्तमानसम्मका...

    मितेरी सहकारी घोटाला : दुई वटा नागरिकता र राहदानी बनाएका ज्योतिबहादुर भण्डारीमाथि थप छानबिन सुरु

    काठमाडौं, असार ५ – मितेरी बचत तथा ऋण सहकारी घोटालामा संलग्न अभियुक्त ज्योतिबहादुर भण्डारीमाथि नागरिकता...