News Portal

  • अफगान द्वन्द्वः आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुग्यो

    हिमाली संचार संवाददाता
    १०८४ पटक

    जलालाबाद– अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लोपटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।

    यस वर्षको सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको पूर्वी क्षेत्रमा भएको त्यस विस्फोटमा अरु १६५ जना घाइते भएको प्रान्तीय सरकारको प्रवक्ता अताउल्लाह खोग्यानीले बताए ।

    यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ ।

    नानघहारको स्वास्थ्य सेवा विभागले मारिएका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको छ ।

    उक्त घटना स्थानीयबासीले प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउँदै जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरिरहेको अवस्थामा भएको थियो । हमलाकारीले प्रदर्शनकारीको बीचमा गएर आफैंलाई बमले उडाएको बताइएको छ ।

    मृत्यु भएका र घाइतेहरुलाई स्थानीयबासीले ट्रक र एम्बुलेन्समा राखेर नजिकका अस्पतालहरुमा लगेका थिए

    जनवरीमा भएको यस्तै एक विभत्स घटनामा अफगानिस्तानको राजधानी काबुलमा विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स विस्फोट गराउँदा १०० भन्दा बढी सर्वसाधारण मारिएका थिए । त्यो बम हमलाको जिम्मेवारी तालिबानले लिएको थियो । –एएफपी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...