News Portal

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी पत्नी कुलसुमको निधन

हिमाली संचार संवाददाता
११७५ पटक

पाकिस्तान– इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजकोे उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ । उनी ६८ बर्षकी  थिइन् ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी धर्मपत्नी कुलसुमको मृत्युको खबरलाई सरीफको दल सम्बद्ध स्रोतले पुष्टि गरेको छ ।

कुलसुमका पति तथा पूर्व पाकिस्तानी प्रधानमन्त्री भने पदीय मर्यादा विपरित आर्थिक अपचलनसम्बन्धी मुद्दामा आरोपित बनेपछि सुनुवाईका लागि पाकिस्तानी जेलमा बन्दी रहेका छन् ।

कुलसुमलाई क्यान्सरका चार प्रमुख समस्यामध्ये एक लिम्फोमा नामक समस्याका कारण गत बर्षको अगस्तदेखि लण्डनस्थित एक अस्पतालमा उपचार गराउँदै आइएको थियो ।

हो, बेगम कुलसुम नवाजको मृत्यु लण्डनको एक निजी अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको छ, पाकिस्तानी मुस्लिम लिग–नवाजका प्रवक्ता मार्याम अरुन्जेबले बताएका छन् ।

उनको स्वास्थ्य स्थितिमा जटिलता आएपछि मङ्लबार बिहानैदेखि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

कुलसुमलाई उपचार गराइरहेका नवाज सरीफलाई पाकिस्तानी अदालतमा सुनुवाईका लागि निर्वाचनको केही पहिले गत जुलाई १५ मा बोलाइएको थियो । पाकिस्तान आएलगत्तै सरीफकी छोरी र उनलाई पक्राउ गरी जेलमा राखिँदै आएको छ । –एएफपी

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...