News Portal

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी पत्नी कुलसुमको निधन

हिमाली संचार संवाददाता
११०३ पटक

पाकिस्तान– इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजकोे उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ । उनी ६८ बर्षकी  थिइन् ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी धर्मपत्नी कुलसुमको मृत्युको खबरलाई सरीफको दल सम्बद्ध स्रोतले पुष्टि गरेको छ ।

कुलसुमका पति तथा पूर्व पाकिस्तानी प्रधानमन्त्री भने पदीय मर्यादा विपरित आर्थिक अपचलनसम्बन्धी मुद्दामा आरोपित बनेपछि सुनुवाईका लागि पाकिस्तानी जेलमा बन्दी रहेका छन् ।

कुलसुमलाई क्यान्सरका चार प्रमुख समस्यामध्ये एक लिम्फोमा नामक समस्याका कारण गत बर्षको अगस्तदेखि लण्डनस्थित एक अस्पतालमा उपचार गराउँदै आइएको थियो ।

हो, बेगम कुलसुम नवाजको मृत्यु लण्डनको एक निजी अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको छ, पाकिस्तानी मुस्लिम लिग–नवाजका प्रवक्ता मार्याम अरुन्जेबले बताएका छन् ।

उनको स्वास्थ्य स्थितिमा जटिलता आएपछि मङ्लबार बिहानैदेखि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

कुलसुमलाई उपचार गराइरहेका नवाज सरीफलाई पाकिस्तानी अदालतमा सुनुवाईका लागि निर्वाचनको केही पहिले गत जुलाई १५ मा बोलाइएको थियो । पाकिस्तान आएलगत्तै सरीफकी छोरी र उनलाई पक्राउ गरी जेलमा राखिँदै आएको छ । –एएफपी

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...