News Portal

राहत शिक्षकले असहमति राख्दै सिन्धुपाल्चोकमा ध्यानाकर्षण पत्र बुझाइयो

 दुर्गा श्रेष्ठ
५०७ पटक

सिन्धुपाल्चोक -नेपाल सरकारले राहत शिक्षकलाई कनिष्ठ बनाइ दरबन्दीमा सामेल गर्न लागेपछि राहत शिक्षक चौतारा साँगाचाेकगढी समितिले मेयर अमानसिङ्ग तामाङलाई अध्यक्ष केवल कक्षपतिको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र दिई दरबन्दी मिलान अमान्य हुने जानकारी दिएको छ।

अहिले असामान्य स्थितिमा राहत शिक्षकलाई प्राथमिकता राखी दरबन्दी मिलान गर्ने, सामान्य अबस्थामा सरुवा माग्दा दरबन्दी होइन राहतको सरुवा हुदैन भनेर अरु शिक्षक सरह सेवा सुबिधा समेत नदिएकोले अहिले देश भरिका करिब चालीस हजार शिक्षक आन्दोलित भएका छन्।

राहत शिक्षक जिल्ला समितिले जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कृष्ण सुवेदीलाई अध्यक्ष मोहनप्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र दिएको छ।

पोशाक भत्ता, महङ्गी भत्ता, बढेको तलब दिन आन्दोलन गर्नुपर्ने त्यतिबेला राहत शिक्षक लाई दरबन्दी नमान्ने अहिले कार्यबिधिमा राहत शिक्षक लाई पहिलो प्राथमिकतामा राखेपछी जिल्लाको सबै स्थानीय तहमा राहत शिक्षक आन्दोलित छन।

जिल्लामा सबै स्थानीय तहमा राहत शिक्षकहरु समिति बनाएर आन्दोलित भएका हुन।सरकारले छिटो शिक्षा ऎन ल्याएर शिक्षकहरुको समस्या हल गर्नुको साटो विभिन्न थरीका शिक्षक जन्माउने तर हल नगर्नाले समस्या आएको हो। राहत शिक्षक केन्द,प्रदेश जिल्ला र स्थानीय समितिले सबै संघ, संगठन र महासंघ सङ्ग लबिङ गर्ने ध्यानाकर्षण गराउने रणनीति लिएको छ।त्यति गर्दा पनि नभएको खण्डमा सरकारकै विरुद्ध कानुनी लडाइँ लड्न समिति समेत बनाइएको छ।

देशको एक सय पाँच स्थानीय तहमा शिक्षक संख्या बढी देखिन्छन् बिद्यार्थी संख्याको आधारमा सिन्धुपाल्चोकमा प्राथमिक तहमा बढी र निमाबी, माबि तहमा कम दरबन्दी हुने देखिन्छ। सरकारले भदौ मसान्तसम्म दरबन्दी मिलान गर्न स्थानीय तहलाइ परिपत्र गरेकोछ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...