News Portal

मकाउबाट ३० जना नेपाली हङकङ ट्रान्जिट भएर काठमाण्डौ उडे

हिमाली संचार संवाददाता
४४४ पटक

मकाउ – कोरोना भाइरसका कारणले लकडाउनमा रहेको मकाउबाट विभिन्न कारणले मकाउबाट हङकङ ट्रान्जिट भएर आज नेपाल फर्केका छन्।

मकाउ रहेका नेपालीहरु मध्य अधिकांश कोरोनाका कारणले रोजगारी गुमाएका, श्रम सम्झौता थप नभएका, राजिनामा दिएका र बाध्याताले छुट्टीमा जानु परेका नेपालीहरि एक जना नावालक सहित मकाउबाट ३० जना नेपाली बुधबार हङकङ हुँदै नेपाल फर्केका हुन्।

एनआरएनए मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार ३१ जना नेपालीहरु नेपाल फर्कन तयारी रहेको भएपनी पीसीआर परीक्षण रिपोर्ट आउन ढिलो हुँदा एक जना मकाउमा नै रोकिएका छन्। बाकी आज मकाउबाट ३० जना मकाउ अध्यागमन पास भएर हङकङ हुँदै नेपाल फर्केका हुन्।

नेपाली महावाणिज्य दूतावासको विशेष आग्रहमा मकाउ सरकारले बुधबार बिहानै मकाउ अध्यागम विभागले अध्यगमन खोलेर ३० जना नेपालीलाई नेपाल फर्कन अनुमति दिएको हो। संघका अध्यक्ष गुरुङका अनुसार ‘दूतावासले रिजर्भ गरेको बसमा नेपालीहरु हङकङ पुगेका थिए।

महावाणिज्य दूतावास हङकङ र एनआरएनए मकाउको सहयोगमा मकाउमा रहेका नेपालीहरु नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्केका हुन्। नेपालीहरुका लागि हङकङ हुदै ट्रान्जिट हुन पनि भिसा चाहिन्छ। हङकङ ट्रान्जिट गर्ने भिसा नेपाली महाबाणिज्य दूतावास हङकङले आफ्नै खर्चमा मिलाइ दिएको थियो।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...