News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • झापाली समाज युएसएको अधिवेशनको तयारी

    हिमाली संचार संवाददाता
    ४७८ पटक

    अमेरिका – अमेरिकाको विभिन्न राज्यमा छरिएर वसेका झापालीहरूलाई संगठित गरी आपसमा भाईचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गर्ने गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन भएको झापाली समाज युएसए प्रथम अधिवेशनको तयारीमा जुटेको छ।

    झापाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने मुख्य नीति अन्तर्गत काम गरिरहेको समाजको आगामी कार्यक्रम गरिब तथा जेहेन्दार बिद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने रहेको छ। जसका लागि न्यूनतम नेपाली रू.२५ लाखको अक्षयकोष स्थापना गरी शैक्षिक क्षेत्रको सुधार गर्न सहयोग गर्ने र शिक्षाको पहुँचबाट टाढा भएका विद्यार्थीहरूलाई एक व्यक्तिले कम्तीमा एक बिद्यार्थीको उच्च माध्यमिक तह सम्मको अध्ययनका लागि सहयोग गर्ने अभियान शुरू गर्ने भएको।

    “शिक्षामा सबैको पहुँचको लागि सामुहिक योगदान, एक व्यक्ति एक विद्यार्थि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी  सेप्टेम्बर १२ र १३ तारिख भर्चुअल सम्मेलन गर्ने निर्णय गरेकोछ। समाजले सम्मेलनको उद्घाटन समारोहमा प्रदेश नं. १ का अन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की प्रमुख अतिथि तथा अथितिहरूमा संघीय संसदका साँसद राजेन्द्र लिङ्देन, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, अमेरिकाका लागी नेपाली राजदुत अर्जुनबहादुर कार्की, नेपाल बार एसोशिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अन्तरर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल लगायत झापा जिल्लाका विभिन्न संस्थाका प्रतिनिधिहरू र झापाली समाजका विभिन्न राष्ट्रका प्रतिनिधिहरूलाई निमन्त्रणा गरेको छ।

    समाजले सम्मेलनको तयारी स्वरूप सदस्यता वितरण र क्षेत्रीय समितिको गठनलाई तिव्रता दिएको छ। मेरिलेन्ड, भर्जिनिया तथा डिसी एरियालाई समेट्ने गरी मोहन उप्रेती (शिवगञ्ज)को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ।

    समितिमा क्रमशः सन्तोष प्रसाई (धुलावारी) उपाध्यक्ष, तोया पौड्याल (गौरादह) सचिव, आशिष संग्रौला (सुरूङ्गा) कोषाध्यक्ष, तथा सदस्यहरूमा दुर्गा सिटौला (दमक), रूद्र ढुंगेल (दमक), अर्जुन ढुंगेल (जलथल), कुवेर संग्रौला (सुरूंगा), रमेश खनाल (अर्जुनधारा), विजय राजवंशी (बनियानी), गुरू ओली (बुधवारे), राजकुमार ओली रोजा (बुधवारे), नारायण शिवाकोटी (भद्रपुर), भुमा खरेल (भद्रपुर), दिपेन खरेल (दमक), लक्ष्मी मिश्र (घैलाडुब्बा), इन्दिरा अधिकारी (दमक), सरोज उप्रेती (गरामुनी), गौरी रिसाल (गौरादह), प्रदिप अधिकारी (दमक), प्रविण खड्का (दुर्गापुर), उमेश निरौला (दमक), कमल नेउपाने (पृथ्वीनगर), कला चुडाल (घैलाडुब्बा) तथा तारा सुवेदी (दमक) चयन हुनु भएको छ। साथै डा.गोपी उप्रेती (गरामुनी), डा. मदन उप्रेती (शिवगञ्ज), डा. महेन्द्र कार्की, खगेन्द्र अधिकारी (दमक), प्रेम संग्रौला (बिर्तामोड), कविन्द्र सिटौला (बिर्तामोड), सिता पाण्डे, गुणराज लुइटेल (दमक), कृष्ण भण्डारी (अर्जुनधारा), यामकुमार सिटौला (हल्दिवारी), चेतन सिटौला (दमक), तेजकी ओली (बुधवारे), त्रिलोचन प्रसाइ (पाँचगाछी), मनिष पोखरेल (चन्द्रगढी), मोहन निरौला (दमक) तथा मिलन राइ (गौरीगञ्ज)  रहनुभएको सल्लाहकार समिति पनि गरेको छ।

    त्यसैगरी सेप्टेम्वर ५ टेक्सास एरियाको भर्चुअल भेलाले डा.पर्शुराम दाहाल (चन्द्रगढी)को अध्यक्षतामा क्रमशः विनु खतिवडा (कोरोवारी) उपाध्यक्ष,श्रद्धा अधिकारी (दमक) सचिव, रवि वाशिष्ठ (चन्द्रगढी),  दिपक भट्टराई (दमक) कोषाध्यक्ष तथा सदस्यहरूमा सविता पोखरेल (सुरूङ्गा), केदारप्रसाद गिरी (चारपाने), रमेश पौडेल (दमक), गोपाल गड्तौला (भद्रपुर), लेखनाथ निरौला (गौरादह), प्रेम बाँसकोटा (बिर्तामोड), भुपाल कट्टेल (भद्रपुर), छविलाल हुमागाइँ (केचना केवल), किशोर संजेल (दमक) रहनुभएको समिति गठन गरेको छ।

    समाजका उपाध्यक्ष प्रदिप तिम्सिनाले संचालन गरेको भेलालाइ समाजका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगाना, महासचिव निलम विमली, एनआरएन एनसिसि अमेरिकाका सल्लाहकार वादल भुजेल, नेपाल वारका पुर्व अध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेती, मेरिल्याण्ड भर्जिनिया डिसि च्याप्टरका अध्यक्ष मोहन उप्रेती, भद्रपुर क्याम्पसका पुर्व प्राध्यापकद्वय भेषराज शिवाकोटी र सूर्य अधिकारी, एनआरएन आइसिसिका मानार्थ काउन्सिल सदस्य वेद वस्नेत, नेप्लिज सोसाइटी टेक्सासका अध्यक्ष दिनेश शर्मा आदिले सम्वोधन गर्नु भएको थियो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ११, २०८२ (अप्रिल २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संतुलित कुटनैतिक संम्बन्ध आजको आबश्यकता

    अस्थिर राजनीतिले निम्त्याएको संकटमा देश दिनप्रतिदिन खस्किदो अबस्थामा पुग्यो। जनगुनासो सुन्ने नैतिक जिम्मेवारी, जन-उत्तरदायी नभएको...

    पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

    काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी...

    एनआरएनएको एकता महाधिवेशनमा डेलिगेट बन्न ३,१८१ जनाको आवेदन, प्रमाणीकरण प्रक्रिया तीव्र

    काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न...

    धरान ११ मा विकासको विवाद: नगरप्रमुख साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

    धरान, वैशाख १० – धरान उपमहानगरपालिका–११ मा बाटो र ढल निर्माणको विषयलाई लिएर चर्किएको विवादले...