News Portal

बेलायतमा प्रथम भिसीको सालिक बन्ने, गेसोको पनि सहयोग

हिमाली संचार संवाददाता
५३७ पटक

ऐजेन्सी – गोरखा भूतपूर्व सैनिक संघ गेसोले बेलायतको अल्डरसटमा बन्न लागेको प्रथम भिसी विजेताको सालिकको सहयोगार्थ १ हजार १ सय ११ पाउण्ड सहयोग गरेको छ ।

गेसोले आइतबार एक कार्यक्रमबीच गोर्खा मेमोरियल प्रोजेक्टलाई सहयोग हस्तान्तरण गरेको हो । रकम हस्तान्तरणका अवसरमा गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ, उपाध्यक्ष तिर्खा पुन, महासचिव दशरथ राई, कोषाध्याक्ष देवीमाया पुन लगायतका पदाधिकारीको उपस्थिति थियो ।

‘विश्व युद्धका प्रथम भिसी विजेता कुल वीर थापाको सम्मानपूर्वक सम्झनामा अल्डरसटको प्रिन्सेस गार्डेनमा सालिक स्थापना हुन लागेको छ । पबित्र कार्य गर्नका निम्ति हामीले सहयोग गरेका हौं’- गेसो सभापति कृष्णकुमार राईले भने ।

बेलायतको मिनी नेपाल मानिने अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाउन लागिएको प्रथम भिक्टोरिया क्रस भिसी विजेता गोर्खा सैनिक कुलवीर थापामगरको शालिक सहयोगार्थ बेलायतका धेरै संघसंस्थाले सहयोग गरेका छन् ।

गोर्खा मेमोरियल प्रोजेक्टका अनुसार शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड लाग्ने अनुमान छ । नेपाल–बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोर्खाहरुको योगदानबारे बेलायतका नेपालीको आउँदो पुस्ताहरुलाई समेत जानकारी गराउन प्रतीकको रुपमासो शालिक निर्माण गर्न लागिएको हो ।

शालिक राख्ने ठाउँका लागि स्थानीय ग्रेटर रसमोर नेप्लिज कम्युनिटीले सन् २०१५ देखि रसमोर काउन्सिलसंग अनुरोध गर्दै आएकोमा गत वर्ष स्थान उपलब्ध गराइएको थियो ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...