News Portal

झापाली समाज कुवेतद्वारा गजेन्द्र थापालाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५०१ पटक

कुवेत – झापाली समाज कुवेतले कोरोनाले विश्वमहामारी भैईरहेको बेलामा पनि झापा गाउँपालिका वार्ड न.६ का ७ बर्षिय बालक गजेन्द्र थापालाई आर्थिक सहयोग गरेको छ।

झापा गाउँपालिका वार्ड न.६ मा बसोवास गर्ने स्व ईन्द्र वहादुर थापाको ७ बर्षिय छोरा गजेन्द्र थापा जन कल्याण मावि कक्षा २ मा अध्यानतर थापा आफ्नो वुबाको काजकृया गरे लगतै छालामा एलर्जी देखिन थाले पश्यात उपचार गर्दै जाने क्रममा टाउकोमा असर पर्न गएको रिपोर्ट आएको र हाल बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भैई रहेको छ।

निज थापाको घर परिवारको आर्थिक अवस्था ज्यादै नै कमजोर भएकाले ७ बर्षिय बालक गजेन्द्रको जीवन रक्षार्थ उपचारको लागि समाजले ३१ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको समाजका महासचिब प्रसाद तिम्सीनाले जानकारी गराएका छन

बिर्तामोड स्थित मनमोहन अस्पतालमा उपचार गराई रहेका ७ बर्षिय बालक गजेन्द्रको उपचारको लागि समाजले समाजका संस्थापक सक्रिय सदस्य खगेन्द्र सिलवाल र झापा गा.पा. वार्ड न. ६ का वार्ड सदस्य मोहन पोख्रेलको उपस्थितिमा बिरामिका अबिभावक हजुरबुबा चन्द्र बहादुर थापाको हातमा अस्पतालकै शैयाकक्षमै हस्तान्तरण गरेको छ।

“हाम्रो एकता विकासको लागि” भन्ने मूल नाराका साथ् स्थापना गरिएको विगत ७ वर्षदेखि कुवेतमा स्थापित कृयाशिल झापाली समाज कुवेतले समाजमा आवद्द सदस्यहरुको आर्थिक उन्नती तथा जिल्लाको विकासको लागि विभिन्न सहयोग र सामाजिक सेवाका कार्यहरु गर्दै आएको र विश्वभरि छरिएर रहेका झापालीहरुलाई एकीकृत गर्दै ४२ देश भदा वढि झापाली समाजका सन्जालहरु फैलाउदै अन्तराष्ट्रिय झापाली समाज पनि गठन गरि विभिन्न सेवा मुलक कामहरु गर्दै आई रहेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...