News Portal

बामदेव गौतम उप्रधानसहित अर्थमन्त्री बन्नुहुन्छ : जनार्दन शर्मा

हिमाली संचार संवाददाता
४२२ पटक
२०७७ भाद्र १५ सोमवार

काठमाडौं । नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी उपाध्यक्ष बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भइरहेको खुलासा गरेका छन् ।

नेकपा उपाध्यक्ष गौतमबारे आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने बताएका छन् । सचिवालय बैठकले कार्यदलको सुझाव कार्यन्वयनका लागि छलफल गरेर निर्णय गर्ने भन्दै गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने दाबी गरेका हुन् । 

गत ‘१८ गतेकै बैठकले राष्ट्रियसभामा बामदेव गौतमलाई लैजाने पुर्व निर्णयको कार्यन्वयन गर्छ, नेकपा कार्यदलका सदस्यसमेत रहेका शर्माले भने, ‘गौतम पार्टीको घोषणापत्र लेख्ने मुख्य मान्छे भएकाले पनि त्यसको कार्यान्वयन गर्ने बेलामा उहाँलाई सरकारमा लैजानुपर्ने हुन्छ,’ 

जनार्दन शर्माका अनुसार वामदेवजीले अर्थमन्त्रालयको नेतृत्व गर्नुभयो भने सरकारको काम थप प्रावकारी हुन्छ ।’ राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य बनेर २ वर्ष मन्त्री भएका खतिवडा भदौ २१ गतेपछि फेरि राष्ट्रिय सभामा सिफारिस हुन्छन् कि हुन्नन् भन्नेमा आशंका उब्जिएका बेला शर्माले यस्तो बताएका हुन् । 

यसका पछाडि गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा  सिफारिसका प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो। तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गर्दै आएका छन् ।

उनका अनुसार अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभामा सिफारिस गर्न संकेत देखाएका छन् । नेपालको संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ।

खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ। शर्माले खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रियसभामा पठाएर उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् । रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...