News Portal

गोरखाका कुमार रानालार्इ जेलमुक्त गर्न ५० हजार साउदी रियाल ब्यहोर्ने कम्पनीको अाश्वासन

हिमाली संचार संवाददाता
७४५ पटक

साउदी – साउदीअरबको जेलमा बन्दी जीवन विताइरहेका गोरखाका कुमार रानामगरको उद्दारका ५० हजार रियाल व्यहोर्ने अाश्वासन उनी काम गर्ने कम्पनीले दिएको छ ।

यदी कम्पनीले ५० हजार रियाद व्यहोरेको खण्डमा कुमारका लागि अावश्यक ब्लडमनी पुग्नेछ । दुर्टनामा घाइते भएका व्यक्तिको मुद्धामा अदालतले २ लाख ९४ हजार साउदी रियाल तिर्नुपर्ने फैसला गरेको थियो । जसमा घाइतेले ४४ हजार रियाल कम गरिदिने लिखित प्रतिबद्धता दूतावासलाई बुझाएका छन् ।

यता कम्पनीले ५० हजार रियाल बेहोर्ने मौखिक आश्वासन दिएकोले दूतावास अहिले सोही ५० हजार रियालको दायित्वग्रहण गरिदिन कम्पनीलाई आग्रह गरिरहेको छ ।

कम्पनीले बेहोर्ने भनेको ५० हजार रियालको छिनोफानो लागेसँगै आवश्यक रकम परराष्ट्र मन्त्रालयमार्फत सरकालाई बुझाउने तयारी भइरहेको छ ।

कुमारको उद्दारका लागि साउदीअरबमा रियादमा हुम सुनारी मगरको संयोजकत्वमा गठित समितिले सबैभन्दा धेरै चन्दा संकलन गरेको छ । सुनारीले रोल्पाका दिलबहादुर मगर र गोरखाका कुमार राना मगरका निमित्त संयुक्त रूपमा चन्दा संकलन अभियान संचालन गरेका थिए ।

दिलबहादुरका निमित्त ९ लाख २७ हजार र कुमारका निमित्त १२ लाख १६ हजार गरी कुल २१ लाख ४३ हजार रूपैयाँ संकलन गरी नेपालमा दुबै पीडितको उद्दारका निमित्त गठित समितिलाई अलगअलग रकम हस्तान्तरण गरेका छन् ।

त्यस्तै मगर संघ साउदी अरबको नेतृत्वमा संकलित ८ लाख ६१ हजार ७ सय १४ रुपैया प्राप्त गरेको कुमार रानामगर उद्दार समितिका संयोजक कृष्ण ढकालले जनाए ।

अन्य स्वदेश तथा विभिन्न देशमा रहेका नेपाली समुदायको उल्लेख्य सहयोगले गर्दा नै कुमारको उद्दारका निमित्त आबश्यक पर्ने रकम जुटिसकेको ढकालले बताए ।

संकलन भएको चन्दाबाट एक पैसा अन्य शीर्षकमा खर्च नगर्ने र आवश्यकता भन्दाबढी रकम कुमार जस्तै अन्य पीडितको उद्दारमा खर्च गर्ने निर्णय मूल समितिले गरेको छ।

कुमारको जेलमुक्तिका लागि उनकै गृह जिल्ला गोरखा बोर्लाङका स्थानीय समुदाय समिति खडा गरी चन्दा संकलन कार्यमा लागेका थिए ।

कृष्ण ढकालको संयोजकत्वमा गठित समितिमा स्थानीय जनप्रतिनिधिदेखि प्रदेशसभा, प्रतिनिधिसभा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गोरखाली सांसदहरूको सहभागिता रहेको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समितिका प्रमुख सल्लाहाकार रहेका छन् ।

कम्पनीले लाइसेन्स नबनाइ जबरजस्ती गाडी चलाउन लगाएकै कारण कामको सिलसिलामा सडकमा गाडी चलाउँदै गर्दा अप्रिल २०१६ मा गोरखाका कुमार साउदीअरबको सडकमा गम्भीर दुर्घटनामा परेका थिए ।

घटनामा मानवीय क्षती नभएपनि दोस्रो गाडीमा सवार साउदी नागरिक गम्भीर घाइते भएको र उनले क्षतीपूर्ति माग दाबी गर्दै स्थानीय अदालतमा कुमारबिरूद्ध मुद्दा दायर गरेका थिए ।

अदालतले शरीरका बिभिन्न अंगमा लागेको चोटका कारण कुमारले २ लाख ९४ हजार साउदी रियाल तिर्नुपर्ने फैसला गरेको थियो । उक्त रकम बुझाउन नसकेकाले कुमार बिगत एक वर्षदेखि साउदीअरबको अफिफ जेलमा छन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...