News Portal

एउटा सिपाहीको दिन चर्या

हिमाली संचार संवाददाता
१०८६ पटक

२०७७ भदौ ९, मंगलबार
खलंगा – जाजरकोट जिल्लाको बारेकोटस्थित प्रहरी चौकी सेपुखोलामा कार्यरत चौकी इन्चार्ज सहायक प्रहरी निरीक्षक गंगा बहादुर चन्दको दिन चर्या अलि फरक ढंगले बित्ने गरेको छ।

बिहान उठेदेखि बेलुकी सुत्दासम्म समेत जनताको समस्या नै आफ्नो समस्या भनेर तत्कालै सम्बोधन गर्दै जादा कहिलेकाहीँ खाना समेत भुल्ने गरेको स्थानीय बताउछन।

कोरोना महामारी होस वा सलह आतंक, दैबी प्रकोप होस या, सवारी दुर्घटना, शान्ती सुरक्षा होस वा पिडितको गुनासो सुन्नमा सधै अग्रपतिमा रहने गरेको कारण सधै जनताको नजरमा एकछत्र राज गर्न सफल प्रहरी सहायक निरीक्षक चन्दको अर्को सबल पक्ष भनेकै स्थानिय सरकार, जनप्रतिनिधि संगको समन्वयमा प्रबिधिमैत्री, नागरिकमैत्रि जनता र प्रहरी बिचको दुरिलाई नजिक बनाउदै लिनेमा स्थानीय जनप्रतिनिधिले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन।

(सहायक प्रहरी निरीक्षक गंगा बहादुर चन्द)

सेपुखोला चौकी हाम्रो हो, हाम्रै सुरुक्षाको लागि हो भन्ने भावनाको बिकाश भएको तथा आगामी दिनमा समेत यस्तै सेवा र सुरुक्षाको आशा गरेको नागरिक अगुवा बताउछन।

सहायक निरीक्षक चन्दको सबल पक्ष भनेको नागरिकको पिरमर्का तत्कालै सम्बोधन गर्ने गरेकै कारण उनलाई कतिपय जनताहरुले भगवानको रुपमा समेत व्याख्या गर्ने गरेका छन।

पुर्वी सुर्खेतको सिम्ता गाउँपालिका-४ पिल्कमा जन्मिएका चन्द प्रहरी सेवामा १६ बर्ष अगाडि प्रवेश गरेका हुन। उनले देशभरका करिब १०/१२ जिल्लामा सेवा गरिसकेका छन। चन्द सानै उमेरदेखिका मेहनति र सालिन स्वाभावका थिए।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...