कुवेत, ९ सेप्टेम्बर २०१८ : कुवेतमा अझै पनि ५८ जना नेपाली कामदारहरु विभिन्न आरोप लागेर जेल सजाय भोगिरहेका छन।
नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले हिमालीसंचारलाई दिएको जानकारी अनुसार ५८ जना मध्ये ३ जना महिला र ५५ जना पुरुष रहेका छन।
५१ जना लागूऔषध (ड्रग्स) सेवन गरेको र ओसारपसारमा सग्लन भएको आरोपमा छन भने, ७ जना हत्या, झै-झगडा र चोरीको आरोपमा जेल सजाय भोगिरहेका छन।
त्यस्तै नेपाली राजदुतावास कुवेतले यस्ता गलत कार्य कसैले पनि नगर्न आग्रह गरेको छ। आफू जे उदेश्य लिएर कुवेत आएको हो सो कुरा मनन गरेर आफ्नो उदेश्य परिपुर्ति गर्न समेत सुझाव दिएको छ।