फरार अभियुक्तको खोजी कार्य तीव्र

२०७७ साउन २५, आइतबार
वीरेन्द्रनगर – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेको छ।
प्रहरीले कर्णालीका विभिन्न जिल्लाबाट चार महिनामा १ सय ५८ जनालाई पक्राउ गरिएको जनाएको छ। प्रदेश प्रहरीले फरार सूचीमा रहेका विभिन्न अभियोग लागेकाहरुलाई अभियुक्तको खोजीलाई तीव्र बनाएसंगै अभियुक्तहरु धमाधम प्रकाउ पर्न थालेका हुन।
प्रकाउ पर्नेमा सबैभन्दा धेरै सल्यानका मात्रै १ सय जना छन भने अन्य ५८ जना अरु जिल्लाका रहेका छन। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान बाँकी रहेका उनीहरुलाई पक्राउ गरी सम्बन्धित अदालतस समक्ष बुझाएको प्रदेश प्रहरीले जनाएको छ।
प्रहरीले कर्णालीमा अदालतले कैद तथा जरिवाना सुनाएका झन्डै २ हजार मध्ये अहिलेसम्म १ सय ५८ जना मात्रै प्रकाउ परेका छन। प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले उनिहरुको खोजिकार्यलाई तीव्रता दिएको बताउनुभयो।
उहाँले पछिल्ला चार दिनमा मात्रै १२ जना फरार अभियुक्तलाई प्रकाउ गरी अदालतमा उपस्थित गराईएको बताउनुभयो। अभियुक्तहरुबाट १४ लाख १७ हजार भन्दा धेरै जरिवाना असुली समेत गरिए उहाँको भनाई छ।
सबै भन्दा धेरै सम्बन्ध विच्छेद, बहुविवाह सम्बन्धिका अभियुक्तहरुलाई नियन्त्रणमा लिईएको प्रवक्ता समेत रहनु भएका बास्तोलाले जानकारी दिनुभयो।
उहाँले ४ महिनाको अवधिमा सम्बन्ध विच्छेद, बहुविवाहसंगै कुटपिट, लागुऔषध सम्बन्धिका मुद्दाका अभियुक्तलाई पक्राउ गरिएको जिकिर गर्नुभयो।


















