News Portal

रंगेली बसाेवास गर्नेलाई बिराटनगरले दियो हाेटलमा बस्न सिफारिस, रंगेलीमा काेराेना त्रास

हिमाली संचार संवाददाता
४६१ पटक

२०७७ साउन २३, शुक्रबार
रबिन्द्र बराल/मोरङ – रंगेली निवासी एक महिलालाई विराटनगर महानगरपालिकाकाे १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि रंगेलीमा संक्रमण फैलिएको खुलासा भएको छ।

वडा कार्यलयकाे चलानी नम्बर १५३३ नम्बरको पत्रकाे अनुसार उनलाई असार २४ गते सम्धित वडा कार्यलयले भारतको दिल्लीबाट नेपाल प्रवेश गरेकी रंगेली निवासी महिलालाई विराटनगर महानगरपालिका १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि उक्त महिला होटल क्वारेन्टीनमा बस्दा र सावधानी नअपनाएका कारण एउटै परिवारका १४ जना काेराेना पुष्टि भएका हुन।

वडा कार्यालयले होटल क्वारेन्टाइनमा बस्न सिफारिस गरेपनि सम्बन्धित महिला क्वारेन्टाइन नै नबसी सोझै बिरामी बुबालाई भेटन न्युरो अस्पताल गएको र एकसाता भित्रै रंगेली आफ्नो घर पुगेको खुलेको छ।

उनको बुबाको निधन भएपछि सम्पूर्ण आफन्तहरु मलामीमा सहभागी भएका थिए। काजकिरिया सकाएर घर फर्कनेबेला महिला तथा सबै परिवाकाे स्वाब संकलन गरी परीक्षण गर्दा घरका १४ जना सबै परिवारको कोरोना पोजेटिभ पुष्टि भएको थियो।

उनीसँगै परिवारलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि आफन्त लगायत कन्ट्याक्ट ट्रेसिङमा आएका दुईसय संख्या हाराहारीको स्वाब संकलन गरिएको छ। परीक्षण रिपोर्टको प्रतिक्षामा रहेका उनीहरुसँगै रंगेलीवासी भने आतंकित बनेका छन्।

यता रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया संग जिज्ञासा राख्दा उनलेे भने भारतबाट आएको सम्बन्धित स्थानीय तहलाई जानकारी नगराई अर्को स्थानीय तहले सिफारिस दिदाँ समस्या आएकाेे र उक्त पत्रसहित जिल्ला प्रशासन कार्यालयसँग छानविनका लागि पठाएको समेत गरेको मेयर बगडियाले बताए।

यता वडा नम्बर १० का वडा सचिव मुकुन्दचन्द उपाध्यायले भने सिफारिस दिने काम जनप्रतिनिधिहरुकाे भएको बताउदै आफुलाई कुन ठाउँ मानिस हाे सबै कुरा थाहा नभएको र यी कुराहरु जनप्रतिनिधिहरुलाई मात्रै थाहा भएको हुनाले आफुले हस्तान्तरण मात्रै गरेको बताए।

वडाध्यक्ष माधव राज वाग्लेले भने एक महिना अगाडि दिएकाे सिफारिस भएको हुनाले अहिले केही थाहा नभएको र वडा कार्यलय सन्चालमा आएपछि खाेजि गर्ने समेत वाग्लेले बताए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...