News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • भारतले बनायो कालापानीलाई युद्धग्रस्त, सैनिक संख्यामा भारी वृद्धि

    हिमाली संचार संवाददाता
    ३५९ पटक

    नेपालको नक्सामा पर्ने कालापानीको यो भू-भागमा भारतले सैन्य ब्यारेकहरु खडा गरिरहेको छ।
    तस्विर : बिबिसीन्यूज


    २०७७ साउन २०, मंगलबार
    दार्चुला – भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको संख्यामा सुरक्षाकर्मी बढाएको हो।

    अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको संख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ। सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन्।

    ‘विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस सडकखण्डमा आउँदैन थिए’, व्यास–२ का मुकेश बुढाथोकीले भने, ‘अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन्। भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौज समेत गरेका थिए।

    नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ। भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए।

    नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ। भारतले लिपुलेक जोड्ने सडक निर्माण क्रममा तम्बाकु, घाटिबगर, दोपाखे, पोला, बुदी लगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभाग मार्फत् डोजर ल्याई आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ।

    नेपाली भूभागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन। स्थानीयवासी जहेन्द्र धामी भन्छन्, ‘ ठाउँठाउँमा नेपाल प्रवेश गराएर सडक खने। नेपाली सुरक्षाकर्मीको गस्ती आइदिएपछि राम्रो भएको छ।

    नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ।

    अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन्। व्यासका भन्छन्, ‘भारतीय पक्षलाई अहिले यस क्षेत्र अति संवेदनशील भएको छ।

    भारतीयले अहिले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवतजावतमा रोक लगाउने गरेको छ। नेपालले व्यासको छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजीकैका कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दैछ।

    नेपाली सेना घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ। व्यासको छाङरुमै नेपाली सैनिकलाई राख्ने प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ।

    प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्छ। हामीले सीमा नाकालाई उच्च प्राथमिकतामा राख्दै जिल्लाबाट हुने गृहकार्य गरेर पठाएका छौँ। रासस

    प्रतिकृया दिनुहोस्

    परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत

    टोकियो, जेठ ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का...

    शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ, पीडित युवतीको पहिचान सार्वजनिक गरेको अभियोग

    बुटवल, जेठ ६ – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार प्रहरीको फन्दामा परेका छन्।...

    पश्चिम नेपालमा भूकम्पको झट्का, कास्की आसपास केन्द्रबिन्दु

    कास्की, जेठ ६ – पश्चिम नेपालका विभिन्न जिल्लामा मंगलबार दिउँसो भूकम्पको झट्का महसुस गरिएको छ।...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ सुरु, लामो समयदेखि ‘हेर्न नमिल्ने’ को दौड टुंगियो

    काठमाडौं , जेठ ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी...

    आज कतिमा हुँदैछ सुनचाँदीको किनबेच

    काठमाडौं, जेठ ६ – नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको...