News Portal

मलेसियामा सेक्यूरिटी गार्ड कुटिएको भिडियो भाइरल, सम्पर्कमा आउन दूतावासको सूचना

हिमाली संचार संवाददाता
१४५० पटक

२०७७ साउन १६, शुक्रबार
काठमाडौँ – मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि निर्घात कुटपिट भएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढेपछि मलेसियास्थित नेपाली राजदूतावासले पीडितको पहिचान खोज्न सुरु गरेको छ।

दूतावासले पिटिएका व्यक्तिलाई सम्पर्कमा आउन शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ। सेक्युरिटी गार्डमाथि कुटपिट भइरहेको भिडियो बिहीबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यद्यपि उक्त दृश्य मलेसियाकै रहेको र कुटिने व्यक्ति नेपाली नै रहेको पुष्टि भइसकेको छैन। भिडियोमा एक व्यक्तिले हिन्दी भाषा बोल्दै अर्को ब्यक्तिले सुरक्षा गार्डको पोसाक लगाएको व्यक्तिलाई लट्ठीले पिटिरहेको देखिन्छ। मलेसियामा सुरक्षागार्डका रूपमा नेपालीहरुलाई मात्र खटाइने गरेको छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डले पीडितको पहिचान गर्न अनुसन्धान थालिएको बताए। मलेसियाको सुरक्षागार्ड सप्लाई गर्ने रोजगारदाताहरूका अध्यक्षसँग कुरा गरिसकेको छु।

कुन कम्पनीमा कार्यरत हो भनेर पहिचान गर्न अनुरोध गरेको छु उनले भने, ‘रोजगारदाता संगठनका तर्फबाट घटनाको छानबिन गर्न शुक्रबार प्रहरीमा उजुरी परिसकेको छ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...