News Portal

मलेसियामा सेक्यूरिटी गार्ड कुटिएको भिडियो भाइरल, सम्पर्कमा आउन दूतावासको सूचना

हिमाली संचार संवाददाता
१५११ पटक

२०७७ साउन १६, शुक्रबार
काठमाडौँ – मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि निर्घात कुटपिट भएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढेपछि मलेसियास्थित नेपाली राजदूतावासले पीडितको पहिचान खोज्न सुरु गरेको छ।

दूतावासले पिटिएका व्यक्तिलाई सम्पर्कमा आउन शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ। सेक्युरिटी गार्डमाथि कुटपिट भइरहेको भिडियो बिहीबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यद्यपि उक्त दृश्य मलेसियाकै रहेको र कुटिने व्यक्ति नेपाली नै रहेको पुष्टि भइसकेको छैन। भिडियोमा एक व्यक्तिले हिन्दी भाषा बोल्दै अर्को ब्यक्तिले सुरक्षा गार्डको पोसाक लगाएको व्यक्तिलाई लट्ठीले पिटिरहेको देखिन्छ। मलेसियामा सुरक्षागार्डका रूपमा नेपालीहरुलाई मात्र खटाइने गरेको छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डले पीडितको पहिचान गर्न अनुसन्धान थालिएको बताए। मलेसियाको सुरक्षागार्ड सप्लाई गर्ने रोजगारदाताहरूका अध्यक्षसँग कुरा गरिसकेको छु।

कुन कम्पनीमा कार्यरत हो भनेर पहिचान गर्न अनुरोध गरेको छु उनले भने, ‘रोजगारदाता संगठनका तर्फबाट घटनाको छानबिन गर्न शुक्रबार प्रहरीमा उजुरी परिसकेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...