News Portal

  • कर्णालीका ४ जिल्ला कोरोना मुक्त

    हिमाली संचार संवाददाता
    ४६७ पटक

    २०७७ साउन १६, शुक्रबार
    वीरेन्द्रनगर – कर्णालीमा कोरोना भाईरसलाई जित्नेको संख्या १७ सय नाघेको छ। आज सुर्खेत, सल्यान र रुकुमपश्चिमका विभिन्न आईसोलेसन सेन्टरबाट १८ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घन्टामा १८ जना निको भएसंगै कर्णालीमा कोरोना जित्नेको संख्या १७ सय १५ पुगेको मन्त्रालयले जनाएको छ। कर्णालीमा अव २ सय १७ जनाको विभिन्न आसोलेसनमा उपचार भईरहेको स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो।

    यस्तै पछिल्लो २४ घन्टामा दैलेखमा एक जनामा कोरोना भईरसको संक्रमण पोजेटिभ देखिएको छ। दैलेख अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा नरायण नगरपालका २ का एक पुरुषमा संक्रमण देखिएको छ।

    पछिल्लो २४ घन्टामा १ सय ७१ जनामा गरिएको परिक्षणमा १ जनामा कोरोना पुष्टि भएको हो। यस्तै हालसम्म पिसिआर विधिमार्फत ४० हजार ७ सय १२ जनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ।

    यसैबीच सुर्खेतमा अहिले ४० जना संक्रिय कोरोना संक्रमितहरु रहेका छन। यस्तै दैलेखमा १२९, सल्यानमा ९ कालिकोट र जाजरकोटमा १२/१२ र मगुमा एक जना रहेका छन।

    यस्तै कर्णालीका ४ जिल्ला कोरोना मुक्त भएका छन। रुकुम पश्चिम, जुम्ला, डोल्पा र हुम्लामा अहिले एक जना पनि कोरोना संक्रमित छैनन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आर्थिक अभावका कारण २ वर्षीया छोरी बचाइदिन आग्रह

    रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे...

    सरकारमा कुनै खालको समस्या छैन, गृहमन्त्रीविरुद्धको आरोप निराधार : देउवा

    चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र कुनै गम्भीर समस्या...

    एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठकपछि मिति तय हुने

    काठमाडौं, असार १३ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब छिट्टै सार्वजनिक हुने तयारीमा...

    आयल निगमको अपचलन काण्ड: दोषी कर्मचारी बचाउन चलखेल सुरु

    काठमाडौं, असार १३ – नेपाल आयल निगमको थानकोट डिपोमा फेरि एक पटक इन्धन चोरीको घटना...

    आज २०७३ साल असार १३ गतेको राशिफल

    आज असार १३, २०८२ (जुन २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...