News Portal

लखिरामकाे निभेकाे चुलाे युवा समाजसेवी बलवहादुले बाले

हिमाली संचार संवाददाता
५४४ पटक

साउन १७ शुक्रबार
रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका-४ आमताेलास्थित सुकुम्बासी टाेलका ४० बर्षिय लखिराम हेमरम बिगत ३ वर्षदेखि पेट फुल्ने राेगबाट पिडित अहिले पैसाकाे अभावमा राेग पाल्न बाध्य रहेकाेे खवर प्रसारण भएपछि बिराटनगरका युवा समाजसेवी बलबहादुर बस्नेतले लखिरामकाे घरमा निभेकाे आगाे वालेका छन।

उनलेे खाद्यान्नकाे ब्यवस्थापन गरि हस्तान्तरण गरेका छन। लखिरामकाेे घरमा गई उनलेे सय केजी चामल, ५ केजी दाल, ५ केजी नुन, १० केजी आलु, २ केजि प्याज, २ प्याकेट स्वाईविन, ५ लिटर खाने तेल, दुई पिस साडि, दुई पिस तन्ना, सट, हाप्पेन्ट, लुङ्गिगरि १३ हजार रुपैयाँ बराबरको सामान हस्तान्तरण गरेका हुन।

बस्नेतले भने राजनीतिमा देखिएका बिकृती र विसंगतिहरुले पिरोल्ने गरेको र आम नागरिकहरुको शुभ दिन टाढिंदै गएको उनलेे बताए। राजनैतिक दल त्यही नेतृत्व त्यही भएता पनि उनिहरुको चरित्रमा सुधार भए मुलुकले निकास नपाउने उनलेे बताए।

नेतृत्व वर्गको गलत प्रवृत्तिलाई चुनौती दिने गरि समाजसेवामा लाग्ने उनले बताए। अरु कसैको दुखलाई आफ्नै ठान्ने उनी मानवसेवा नै एक मात्र विकल्प हो जस्ले अमरत्व प्राप्त हेतु ईटा थप्ने काम गदर्छ।

पेसाले शिक्षक भएता पनि स्वभावतः आम जनमानसमा उनी दानविर भए झै महसुस हुन्छ। अब्बल समाजसेवीको रूपमा समाजका परिचय गराउने उनको ध्येय साच्चै नै उदाहरणीय लाग्छ। अत्यन्त कठिन जीवनको भोगाई सुनाउने उनी जीवब जीवनका उत्तरार्ध सेवामा समर्पित गर्ने मनसाय राख्छन।

समाजसेवालाई निरन्तरता दिने क्रममा रतुवामाई नगरपालिकाबाट उनले समाज स्वामा लागेका हुन। साेहि क्रममा रंगेली नगरपालिकाका कार्यपालिका सदस्य महेश साहले पनि ५ केजि भुजा एक काटुन चाउचाउ र भेष्ट समेत हस्तान्तरण गरेका छन।

एक कठ्ठा ऐलानि जमिनमा सानाे झुपडीमा बस्दै आएका ४ परिवारलाई अहिले निकै समस्या परेकाेे छ। उनकाे घरमा १० बर्षका एक छाेरा सन्ताेष, १३ बर्षकि छाेरी सन्ताेषि र आमा, बुबा बस्दै आएका छन।

घरकाे आर्थिक अवस्था कमजोर भएको देखेर २ बर्ष अगाडि जेठि छाेरीले घर देखि केही टाढा गएर रुखमा झुन्डिएर आत्माहत्या गरेकाे उनकी आमा डुलरले बताईन। उनीहरुकाे घरमा अहिले राम्रोसंग एक छाक टार्न समेत निकै कष्टकर रहेको छ।

उनलेे भनिन अहिले छाेराछाेरीलाई र श्रीमानलाई कसरी पालनपोषण गर्नु आफु एक्लैले जनमजदुुुुर गरेर मुुुस्किलले परिवार पालिरहेको बताईन।

अाफु एक्लैले अरुकाे खेतमा गएर धान काटेर केही धानकाे जाेहाे गरेता पनि श्रीमानकाे उपचार गर्न सबै धान बिक्री समेत गरेकाे र अहिले घरमा खानाका लागि केही थाेरै गहुँ मात्रै रहेको र साे गहुँ सकिएपछि परिवारलाई के खुवाउनु भन्दै बिलाैना गरिहेकि छन।

उनी अहिले गाउँ घरमै जनमजदुरी गरेर आफ्नाे ४ परिवार पाल्न बाध्य रहेकि छन। उनलेे श्रीमानकाे उपचारका लागि ऋण लिएर ३ लाख रुपैयाँ सकिन तर राेग भने निकाे भएन अब श्रीमानकाे राेग कसरी निकाे पार्ने भन्दै बिलाैना गरिरहेकि छन।

उनी पनि बिगत दुई बर्षदेखि तल्लो पेट दुख्ने समस्यबाट ग्रसित भएपनि आफुले राेग सहेर भएपनि श्रीमानकाे उपचारका लागि निकै कष्ट गर्दे आईरहेकाे उनलेे बताईन।

घरमा राम्रोसंग परिवारलाई मिठाे र राम्रो खुवाउनुु उनलाई सपना जस्तो भएको छ। श्रीमानकाे उपचारका लागि उनले जीवन बिकासबाट २५ प्रतिशतका दरले ५० हजार रुपैयाँ र स्थानीयबाट अडाई रुपैयाँ सेकडाका दरले ६० हजार रुपैयाँ लिएको ऋण लिएको बताईन तर अब सबै ऋण कसरी तिर्नु भन्दै निकै बिलाैना गरिरहेका छन।

श्रीमानकाे उपचारका लागि उनलेे जीवन बिकास लधुबित्तिय संस्थान लिमिटेडबाट आफुले ५० हजार रुपैयाँ ऋण लिएर लिएको भएता पनि अहिले उक्त ऋण समेत तिर्न धौधौ परिरहेको उनले बताईन।

अहिले बैंकले उनलाई बारम्बार ऋण तिर्नुु भन्दै थप समस्या दिएकाे बताईन। आफुले ऋण तिर्न नसके पछि अाफुले बचत गरेको ३० हजार रुपैयाँ त्यहीँबाट कट्टा गर्नु भनेकाे र अझैै २० हजार रुपैयाँ दिनुपर्ने भने पछि थप समस्या रहेको र गाउँलेबाट अडाई रुपैयाँ सयकडा बाट ६० हजार रुपैयाँ थप ऋण लिएको उनले बताईन।

अब श्रीमानकाे उपचार कसरी गर्नु ? छाेराछाेरीकाे पालनपोषण कसरी गर्नु आफुसंग भएको सबै रकम सकिएपछि अब श्रीमानलाई कसरी बचाउनु भन्दै आशु बगाउनु सिबाय केहि उपाय नभएको देखिन्छ। उनले भनिन्,१ बर्ष अगाडि स्थानीयले चन्दा उठाएर २६ सय रुपैयाँ दिए अब कति गाउँमा चन्दा माग्नु भन्दै बिलाैना गरिरहेकि छन।

प्रतिकृया दिनुहोस्

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...