News Portal

झापामा बिपन्न गाउँलेलाई खाद्यान्न वितरण

हिमाली संचार संवाददाता
३९० पटक
२०७७ साउन १५,बिहिवार

रामप्रसाद ढुंगेल – झापा ।  कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडी सरेको छ । बारदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब परिवारलाई ३ हजार ५ सय केजी चामल र ३ सय ५० केजी नुन वितरण गरेको स्थानीय युवा मातृका लम्सालले जानकारी दिएका छन् ।

स्थानीय समाजसेवी युवा देविन्द्रप्रसाद चम्लागाईका पिता लोकनाथ चम्लागाई ,माता डिकुरादेबी चम्लागाई, दाजुहरु प्रेमप्रसाद चम्लागाई र महेन्द प्रसाद चम्लागाईको पहलमा खाद्यान्न वितरण शुरु गरेका हुन । वितरणको पहिलो दिन वडा नम्बर १, २ र ३ का गरिबहरुलाई चामल र नुन प्रदान गरिएको छ । सम्बन्धित वडाअध्यक्षको उपस्थितिमा गरिव पहिचान गरी हरेक वडामा ५ सय केजी चामल र ५० केजी नुन वितरण पहिलो दिन वितरण गरिएको छ । यो वितरणकार्यलाई सबै वडामा पुर्‍याउने चम्लागाई परिवारले बताएको छ ।  

अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार, नेपाली व्यावसायी संघ कतारका अध्यक्ष र गैर आवासीय नेपाली संघका मानार्थ आइसीसी सदस्य महेन्द्र चम्लागाई कतारको नेपाली व्यावसायिक क्षेत्रमा उदार र सहयोगी व्याक्तित्वका रूपमा परिचित छन् । उनले यो विपत्तिको अवस्थामा आफ्नो गाउँठाउँका कोही पनि भोकै बस्नु नपरोस् भनी कतारबाट यो कार्यको लागि २ लाख रुपैयाँ पठाएका थिए । उनै महेन्द्रको प्रस्ताव, सहयोग र परिकल्पनामा आफ्नो गाउँका विपन्नहरुलाई राहत सामग्री वितरण गरिएको र यसमा समग्र चम्लागाई परिवारले साथ दिएको बताइएको छ ।  

आफ्नो गाउँको शैक्षिक, भौतिक, साँस्कृतिक विकासको लागि मात्र नभएर दैवीप्रकोप र विपत्तिहरुमा यो परिवारले विगतमा पनि दिल खोलेर सहयोग गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...