News Portal

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लकडाउन

हिमाली संचार संवाददाता
४७७ पटक
२०७७ साउन १४, बुधवार

दिलीप राई, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण विमारी हुँदैं स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिन थाले पछि आजदेखि लकडाउन गरेको छ ।

वीपीका एक जना चिकित्सकका श्रीमान् र सर्जरी विभागको वर्डामा बसेका विमारीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमण फैलन नदिन लकडाउन गरिएको प्रतिष्ठान रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले बताएका हुन् ।

उनका अनुसार आजै विज्ञप्ति जारी गरि आवास क्षेत्रमा बिशेष केन्द्रीत गरि, ओपिडी, वार्डलगायत अस्पताल क्षेत्रमा पनि कोरोना फैलने देखिए पछि लकडाउन गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वीपी भित्रको आवास र छात्रवास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तीनका परिवारलगायतका विद्यार्थीहरुलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवासबाहिर नजान निर्देशन रजिष्टार रेग्मीले सूचना जारी गरेका छन् । प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिडडुल नगर्नका लागि सुरक्षाकर्मीसमेत परिचालन गरिएको सूचनामा उल्लेख छ । सूचनामा अत्यावश्यक काममा बाहिर जानु परे पूर्व स्वीकृत लिनसमेत भनिएको छ ।

विशेष आवास क्षेत्रलाई फोकस गरि लकडाउन गरिएको प्रतिष्ठानले जनाएको छ । अकास्मिक कक्षमा उपचारका लागि आउने चिकित्सकहरुलाई सावधानी अपनाउन प्रतिष्ठानले अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...