News Portal

धरानको विजयपुर पिण्डेश्वरमा भक्तजनको भिड, कोरोनाको उच्च जोखिम

हिमाली संचार संवाददाता
४१५ पटक
२०७७ साउन १३,मंगलवार

दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरान भित्र रहेका साउनमा लाग्ने विजयपुरको पिण्डेश्वर बाबा धाममा लाग्ने बोलबंम मेला नलगाउने निर्णय भएको थियो । हिजो सोमबार पिण्डेश्वर मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । मन्दिरको मुख्य प्रवेशद्वारमा कोरोना सङ्क्रमणको जोखिम यथावत कायम रहेकोले मन्दिर बन्द रहेको सूचना ठुलो फ्लेक्समा सूचना  टाँगिएको भए पनि भक्तजनको अटेरीपनले पिण्डेश्वर मन्दिरमा भक्तजनको भिड बढेको पिण्डेश्वरबाबा धाम समितिका अध्यक्ष विकास बनेपालि बताए ।

पिण्डेश्वर मन्दिरमा धेरै टाढा टाढाबाट मानिस आउने भएकोले पिण्डेश्वर मन्दिरको भिडले धरानमा मात्रै होइन विजयपुर क्षेत्रमै जोखिम बढाएको स्थानीयको भनाइ रहेको छ  । विश्वमा महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्नका लागि इनरुवा, विराटनगर जस्ता स्थानीय पालिकाहरूले फेरि लकडाउन र अत्यावश्यक सेवा बाहेकका मानिसको भिडभाड हुने कार्यमा रोक लगाइरहेको बेलामा धरानमा अत्यन्तै ठुलो लापर्वही भइरहेको स्थानीयको बुझाई रहेको छ ।

बोलबंम मेला नलगाउने भनेर असारको अन्तिम तिर बैठक बसेर निर्णय गरे पनि पिण्डेश्वर मन्दिर बन्द रहेको भन्ने प्रभावकारी सूचना जारी नभएकोले यस्तो भएको हो । धरान उपमहानगरपालिकाले एक दुई दिन माइकिङ गर्‍यो र प्रहरीले पनि केही नगरेको स्थानीयले बताएका छन् । कोरोना भाइरसको जोखिमका कारण यस्तो लापर्वही भयो भने भोलि नगरमा उच्च जोखिम हुने छ 

लकडाउन खुकुलो भएसँगै धरानमा मास्क नलगाई हिडने र सरकारले तोकेको सामान्य मापदण्ड पनि पुरा नगरी बजार पसल खोली रहेको र भिडभाड बढेकोले धरानमा उच्च जोखिम रहेको छ । अझ साउने सोमबारका दिन पिण्डेश्वरमा भक्तजनहरूको भिडभाडले थप जोखिम बढेको हो । 

पिण्डेश्वर बाबा धाममा बोलबंम मेला नलगाउने भन्ने निर्णय भएसँगै मन्दिरका अगाडीका फूलपाती बेच्ने सबै पसलहरू बन्द गर्ने निर्णय समेत भएको थियो । भक्तजन आउने भएपछि ती पसलहरू पनि खुलेका छन् । प्रहरीले निर्णयको कार्यान्वयनमा चासो बढाउँदै थप प्रहरी परिचालन गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...