News Portal

आज विहानै धरानको पालिका तरकारी बजार जल्यो

हिमाली संचार संवाददाता
४१२ पटक
२०७७ साउन १२, सोमवार

 

दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरानको पुरानो बजार स्थित पालिका तरकारी बजारमा विहानै भिषण आगलागी भएको छ । विहान करिब ५ बजेदेखि लागेको आगोलाई धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले पूर्ण रुपमा नियन्त्रणमा लिएका छन् । 

धरानको पालिका तरकारी बजारमा भित्र रहेको ११ भन्दा बढी पसल जलेर नष्ट भएको छ । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल तथा फलफुल पसलको सप्पै लाइन नै जलेर नष्ट भएको हो । विद्युत सट भएर आगलागि भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका डिएपी ज्ञानेन्द्र बस्नेतले बताए । 

आगलागीमा वसिम श्रेष्ठ, कल्पना तामाङ, रमा चौहान खतिवडा, अनिता आचार्जु, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, यामकुमार विक र लालबहादुर राईको टिनको छानो भएको पसल जलेर पुर्ण रुपमा नष्ट भएको छ । यसको थप विवरण आउन बाकी रहेको छ । आगो पूर्णरुपमा नियन्त्रण आए पनि स्थानीयका अनुसार नगरको दमकल ढिलो आएकै कारण ठूलो क्षति भएको बताएका छन् । 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...