News Portal

  • पूर्वडिआइजी कोइरालाको कैद फैसलाविरुद्ध सांसदहरुको विरोध

    प्रधानन्यायधिसलाई महाअभियोग लगाउ सांसद विशाल भट्टराई, प्रधानमन्त्री ओलीलाई हटाऔँ र प्रधानन्यायाधीशलाई महाभियोग लगाऔँ : डा. बाबुराम भट्टराई

    हिमाली संचार संवाददाता
    ५२७ पटक
    २०७७ साउन ९, शुक्रवार

    काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीका सांसद विशाल भट्टराईले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद घटाई जेलमुक्त गर्ने गरी प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराले गरेको फैसलामा कडा टिप्पणी गरेका छन्।

    सांसद भट्टराईले बिहीवार राती सामाजिक संजाल फेसबुक मार्फत अदालतप्रति पुरापुर सम्मान रहे पनि जघन्य अपराधमा सर्वोच्चले दिएको फैसलाप्रति कुनै हालतमा मानवीयता नदेखिएको बताएका हुन।

    भट्टराई भनेका छन् पत्निको बिभत्स हत्या गरेर काराबास ब्यतित गरिरहेका ब्यक्तिलाई बच्चाको रेखदेखको कुतर्क र झिनो त्यान्द्रो समातेर छुटकारा दिने फैसला आपत्तिजनक रहेको बताएका हुन।

    प्रधानन्यायाधिसकै इजलासबाट यस्तो फैसला आउनु न्यायालयको विश्वास र गरिमा ध्वस्त हुनु हो, भने न्यायप्रणाली र कानूनको खिल्ली उडाउनु हो भनेका छन्।

    भट्टराईले यस्तो संवेदनशील प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकन भएन भने महाअभियोग लगाउन पनि तयार हुनुपर्ने बताउनु पर्ने समेत बताएका हु।

    जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि सोही विरुद्धको विरोध गर्दै अलिक फरक मत दिएका छन्  संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउनु पर्ने धारणा राखेका छन्।

    ट्वीटरमा पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री बनाउन भनेका छन्।

    त्यस्तै, उनले महान्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियाेग लगाउन प्रस्ताव गरेका छन्। यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गरेका छन्।

    श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला डा.बाबुरामले पनि यस्तो भनाइ सार्वजनिक गरेका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...