News Portal

    एसपी पन्त पर्साको अहिलेसम्मकै उत्कृष्ट प्रहरी प्रमुख

    हिमाली संचार संवाददाता
    ४५७ पटक

    २०७ साउन ९, शुक्रबार।

    राहुल गुप्ता/विरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसातादेखि श्रावण महिनाको पहिलो सातासम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा, सृट सुटिङ, हाडवेयर, मरिच, मोटर, छोहडा लगायतको अवैध समानहरु, भन्सार छलेर नेपाल भित्र्याउदै गरेको ४ करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ।

    त्यस्तै ८२ लाख १४ हजार, ८ सय ६५ रुपैया सहित हुण्डी कारोवारमा संलग्न रहेको १७ जनालाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा रकम बुझाईएको र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयवाट मुद्धा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

    त्यसै गरिपर्सा प्रहरीले ३ करोड २लाख ५९ हजार ३ सय ३२ रुपैयाँ बराबरको तस्करीको सामान सहित ३५ जना तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको समेत एसपी पन्तले बताइन्।

    पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाय तोकेको र बिभिन्न मुद्दामा फरार रहेका ५३ जनालाई प्रहरीले पक्राउ गरि ५ लाख ७३ हजार ७ सय २७ रुपैया जरिवाना असुलि गर्ने सफल भएको प्रहरी निरिक्षक रबिभुषण यादबले जानकारी दिए।

    पर्सा प्रहरी उपरीक्षक पन्तको कार्यकारमा जिल्ला प्रहरी कार्यलय पर्सामा जम्मा १०८१ मुद्धा दर्ता भएको छ भने अहिलेसम्म ७८४ मुद्धा र्फछर्ट भएकोले पर्सा जिल्लाको पहिलो प्रहरी उपरीक्षक पन्तको कार्यशैलीले पर्साबासी निकै खुशि रहेको जानकारहरुले भनाइ छ।

    पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते कार्यभार सम्भाले देखि तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने पहिलो पर्साका महिला एसपी हुन्।

    पर्सा प्रहरी उपरीक्षक पन्तले लकडाउनलाई सफल पार्नेको लागि १८/ १८ घण्टा आफै डियुटि गरि लकडाउनको पालना गराई सफल बनाएकी थिइन्।

    त्यस्तै वीरगञ्जको घण्टाघरदेखि मुर्लिसम्म नाला सरसफाई अन्तर्गत भारतिय महावाणिज्य दुतावाससम्मको नाला सरसफाई गरिएको त्यसैगरी वीरगञ्जको भगवति टोलको नाला पनि सरसर्फाइ गरिएको छ।

    सडकलाई व्यवस्थित बनाउनका लागि सडकमा जथाभावि छोडिएका छाडा पशु चौपायलाई पनि नियन्त्रणमा लिइएको छ।  नियन्त्रणमा लिएका छाडा चौपायलाई आर्दशनगरस्थित काँजी हाउसमा राखिएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा सञ्चालित अभियानले अहिले वीरगञ्जको सौन्दर्य बढ्नुका साथै मुहारसमेत फेरिनेमा अभियन्ताहरु विश्वस्त छन्।

    त्यसै गरि एसपी पन्तले हरेक महिनामा प्रहरीसंग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रमसमेत गरेको पहिलो एसपी हुन्।

    क्राईम टोली प्रहरीको ईन्चार्ज रबि भुषण यादवको सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्न थालेपछि अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएको छन्।

    पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि कमि आएपछि पर्सा जिल्लाबासीहरु क्राईम ब्रान्च प्रमुख यादब र प्रहरी उपरीक्षक पन्तसंग निकै नै खुशी रहेको पर्सा जिल्लाका स्थानिय जितेन्द्र कुशवाहाले बताए।

    जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक पन्त प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गरेको बताइन्।

    प्रहरी उपरिक्षक पन्त भन्छिन्, आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भाले देखि बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरिन।

    प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनि सोही गरेको उनले बताइन्।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार १ गतेको राशिफल

    आज असार २, २०८२ (जुन १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सानो पाइला सहकारी ठगी काण्ड : रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा, ५ करोडभन्दा बढी बिगो माग

    काठमाडौं, असार १ — वीरगञ्जस्थित सानो पाइला सहकारी घोटाला प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

    टिकटकमार्फत जातीय विभेद भड्काउने युवती पक्राउ

    काठमाडौं, असार १ – सामाजिक सञ्जाल टिकटक प्रयोग गरेर जातीय तथा साम्प्रदायिक भावना भड्काउने र...

    कुलेश्वरबाट अक्सिजन सिलिण्डरभित्र ट्रामाडोल ओसार्ने दुई जना पक्राउ

    काठमाडौं, असार १ – अक्सिजन सिलिण्डरको आडमा लागुऔषध ओसारपसार गरिरहेका दुई जना काठमाडौंको कुलेश्वरबाट पक्राउ...

    काठमाडौँको बूढानीलकण्ठमा दुई जना मृत फेला, घटनामा रहस्यमय पाटो — अनुसन्धानमा जुट्यो प्रहरी

    काठमाडौँ, असार १ – राजधानीको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरभित्र दुई जनाको शव फेला परेपछि...