News Portal

सुर्खेतको भेरीगंगा नगरपालिकाले ११ महिना देखि दरबन्दीका तीन कर्मचारीलाई काम बिहिन बनायो, काजका कर्मचारीलाई शाखा प्रमुखको जिम्मेवारी

हिमाली संचार संवाददाता
४६७ पटक

२०७७ साउन ८, बिहीवार
सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकामा समायोजन भई आएका स्वास्थ्यतर्फका सिनियर अहेवसहित ३ जना कर्मचारीलाई नगरपालिकाले ११ महिना देखि कुनै प्रकारको जिम्मेवारी नदिएको कर्मचारीहरुले बताएका छन।

कर्मचारी समायोजन भएर स्थानिय तहमा पुगेका कर्मचारीलाई नगरपालिकाले अहिलेसम्म कनैपनि जिम्मेवारी दिएको छैन। उनिहरुले ११ महिना देखि कार्यालय जाने हाजिर गरेर फर्किनु बाहेक कुनै काम गर्न नपाएको गुनासो गरेका छन।

स्वास्थ्यतर्फका सातौं तहका नेत्र देवकोटा, छैटौ तहका धनबहादुर देवकोटा र सिता शर्मालाई कुनै जिम्मेवारी दिएको छैन। देबकोटा वीरेन्द्रनगर ९ बाट २०७६ असोज २३ गते भेरीगंगामा हाजिर हुनुभएको हो।

कार्यालयमा हाजिर भएको ३ महिना पछि पुस २१ गते स्वास्थ्य शाखामा पदस्थापना गरेपनि कामको भने कुनै जिम्मेवारी दिएको छैनन। उनिहरुले कर्मचारीलाई पहुँचको आडमा सम्बन्धित फाँटमा पदस्थापन भईआएका कर्मचारी कामविहिन बनाएको बताएका छन।

स्थानीय तहको कर्मचारी समायोजन पहिले अन्तरिम व्यवस्थापन अन्तर्गत तत्काल कामकाजका लागि राजेशकुमार बुढालाई नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिईएको थियो।

हाल बुढाको दैलेखको महावु गाँउपालिकामा सरुवा भईसको छ तर बुढाले पदस्थापन भइसक्दा पनि पहँचुको आडमा शाखा प्रमुखको जिम्मेवारी छोडेका छैनन।

निजामति कर्मचारी ऐनमा कर्मचारी सरुवा भएर आएको कार्यालयमा २१ दिन भित्रमा जिम्मेवारी दिए सम्बन्धित शाखाको कामकाजमा पठाउनुपर्ने नियम छ तर भेरीगंगा नगरपालिकाले निजामति ऐनको खिल्ली उडादै काजका कर्मचारीलाई शाखा प्रमुखको जिम्मेवारी दिएको छ।

स्वास्थ्य मन्त्रालयले २०७६ भदौमा भेरीगंगा नगरपालिकाले सरुवा भएका कर्मचारीलाई सम्बन्धित ठाँउमा रमना गरि त्यसको जानकारी मन्त्रालयलाई गराउन पत्राचार गरेको थियो।

तर नगरपालिकाले मन्त्रालयको पत्रलार्इ व्यवास्था गर्दै काजमा राखेर शाखा प्रमुखको जिम्मेवारी दिएर कामकाज गराई राखेको छ।

युनियन सुर्खेतका अध्यक्ष समेत रहेका बुढा अरुको कर्मचारीको हकहितमा बोल्ने भएपनि उनि आफैले कर्मचारीहरुको जिम्मेवारी खोसेका छन।

उनलाई ऐन अनुसार समायोजन भईआएका कर्मचारीलाई भुमिकाविहिन बनाएर पहँचको आडले काजको कर्मचारीलाई शाखा प्रमुख बनाईएको भन्दै अन्य कर्मचारीहरुले विरोध गर्दै आएका छन।

समायोजन भएर आइसकेपछि राजेशकुमार बुढालाई पद बाट हटाउनुपर्ने नियम हुदाँहुदै पनि तर राजनैतिक आडमा नियम विपरीत उनैलाई प्रमुखको जिम्मेवारी दिइएको छ।

काजको कर्मचारीलाई शाखा प्रमुख बनाएर आर्थिक अधिकार दिनु भनेको गैर कानुनी काम भएको कर्मचारीले जिम्मेवारी विहिन बनार्इएका कर्मचारी धनप्रसाद देवकोटाले बताए।

उनले पदस्थापन भएको ११ महिना वितेको भएपनि कार्यालय आएर हाजिर गर्ने मात्रै काम भएको भन्दै शाखाको जिम्मेवारी नदिनुको कारण के हो भन्दै प्रश्न गरे।

यसबारे नगरप्रमुखसंग पटकपटक कुरा राख्दापनि आफुहरुको कुरा सुनुवाई नभएको भन्दै आफुहरु बाध्यभएर मिडियामा आउनु परेको उनको भनाई छ।

यता नगर प्रमुख भुपेन्द्र बहादुर चन्द्रले नगरपालिको बैठक बसेर यसबारेमा छिटै निस्कर्ष निकाल्ने बताए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...