News Portal

  • दार्चुलाको लास्कु खोलामा बाढी आउँदा पावर हावस डुबानमा

    हिमाली संचार संवाददाता
    ४६६ पटक

    २०७७ साउन ७, बुधबार
    सुन्दरसिंह धामी/दार्चुला – साउन ४ देखि परेको अविरल वर्षाका कारण महाकाली नगरपालिका-३ लास्कु खोलामा बाढी आउँदा डुङरी जलविद्युत आयोजनाको पावर हावस डुबानमा परेको छ।

    खोलामा आएको बाढीले स्वरुप नै परिवर्तन भएको स्थानीय धीरेन्द्रसिंह धामीले बताए। तीन दिनदेखि खोला पावर हावसबाट बगिरहेको र भित्र रहेका मेसिनहरु पानीले डुबेको छ।

    विगत तीनदेखि अवरुद्ध सडक, विद्युत सुचारुमा अहिलेसम्म कसैले चासो देखाएको छैन। पावर हावसका उपकरण पानीले डुबानमा छन्। लामो समयसम्म यस्तै अवस्था रहे विद्युतमा ठुलो क्षति पुग्ने धामीले बताए।

    उनले भने ‘लास्कु खोलाको बाढीले स्थानीयहरुका तीन पसल दुई घर पुर्ण रुपमा क्षती गरेको छ भने थप दुई पसल र तीन घरहरु डुबानमा परेका छन्।

    डुङरीका स्थानीय टेन्टमा रात काट्दै
    लामो समयको अबिरल वर्षाले महाकाली नगरपालिका क्षेत्रका घर र पसलहरु डुोँनमा परेपछि सो ठाउँका स्थानिय त्रिपाल मुनि बसेर रात काट्न बाध्य छन्।

    सो ठाउँका स्थानीयले हालसम्म कुनै तीन तहका सरकार मध्ये एकै सरकारले पनि नहेरेको स्थानीय माना देवी कार्कीले गुनासो गरे। उनले भने ‘बाढीले समस्यामा छौं। सरकारले सुख दुःखसमेत सोधेको छैन’ उनले भने।

    पावर हाउसमा पानी भएकाले भित्र जान नसकिएका कारण उपकरणहरुको अवस्थाबारे जानकारी नभएको जिल्ला विद्युत प्राधिकरण दार्चुलाका प्रमुख दयाराम शाहले बताए।

    उनले भने ‘पावर हावस डुबानले विद्युत उत्पादन बन्दबारे केन्द्रमा जानकारी गराएको छु। माथिबाट टोली आएर बुझ्छ। उपकरणहरुमा पानी परिसकेकोले डुङरीबाट विद्युत प्रसारण गर्न कम्तीमा एक महिना लाग्न सक्छ’ शाहले भने।

    डुङरीबाट विद्युत वितरण भएका बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जोडिएर विद्युतीकरण सुचारु गरिएको र महाकाली नगरपालिका-३ मुल्ला र मैखोली क्षेत्रमा एक ठाउँमा पोल खोलाले क्षति गर्न सक्ने अवस्थालाई आंकलन गरेर विद्युत लाइन सुचारु नगरिएको उनको भनाई छ।

    डुङरी खोलाको विद्युत अवरुद्ध हुँदा कम्तीमा ४ सय परिवार विद्युतबाट बन्चित भएका छन्। महाकाली नगरपालिकाले वर्षादको समयमा भएको क्षतीको विवरण संकलन गरिरहेको र क्षती पुगेकाहरुको नगरपालिकाले उचित राहत वा क्षतीपुर्ती दिने जोशीले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...