News Portal

धरानको वीपी कोइराला प्रतिष्ठानमा उपचारत थप एक संक्रमितको मृत्यु

हिमाली संचार संवाददाता
४५७ पटक
२०७७ साउन ७,बुधवार

दिलिप राई, धरान । वीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनी चार दिन अघि उच्च ज्वरो र खोकी लागेका प्रतिष्ठान धरानको इमरजेन्सी कक्षमा उपचारका लागि ल्याइएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनी उपचारमा ल्याउदै गम्भीर बिरामी भएकोले आइसियुमा राखेर उपचार गरिँदै आएकोमा उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानले आइसोलेसन कक्षको आइसियुमा भर्ना गरेको थियो । आइसियु कक्षमा उपचार गर्दा गर्दै साँझ उनको मृत्यु भएको प्रवक्ता सापकोटाले बताए ।

प्रवक्ता सापकोटाका अनुसार उनलाई पछिल्लो समय उनको स्वास्थ्यमा प्रतिकुल समस्या देखिएसँगै मिर्गौलाले समेत काम नगरेकोले डाईलेसिस पनि गर्नुपरेको थियो भने पुरै निमोनिया देखिएको थियो ।

मृतक प्रदेश २ भएकाले उनलाई पठाउन प्रदेश २ सरकारसँग समन्वय भइरहेको जानकारी दिए । यो सँगै प्रतिष्ठानमा उपचारका लागि आएका कोरोना संक्रमित मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । यस अघि राजविराजका एक जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...