News Portal

अविरल बर्षाका कारण बढी पहिरो तेह्रथुममा एक महिलालाई खोलाले बगायो, धनकुटामा ५ घर विस्थापित

पुर्वाञ्चलभर बाढी पहिरो एक महिलाको मृत्यु, ठुलो धनजनको क्षति

हिमाली संचार संवाददाता
४९१ पटक
२०७७ साउन ६, मंगलवार

दिलिप राई, धरान । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. ९ बस्ने ३६ वर्षीय अन्जना लिम्बु माइत जाने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको छ, भने श्रीमानको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइ रहेको छ । 

सोमबार दिउसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माइती घर तर्फ जाने क्रममा ढाडे खोला तर्दै गर्दा अन्जनालाई खालाले बगाई बेपत्ता बनाएको थियो ।  बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा दिउसो सवा ३ बजे करिब १ किलोमिटर तल खोलाको बिचमा एउटा सानो रुखमा अल्झिएको अवस्थामा अन्जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । उनका श्रीमान् भने खोलाबाट निस्कन सफल भएका थिए । जिल्ला अस्पताल तेह्रथुममा उनको उपचार भइ रहेको छ । 

पुर्वाञ्लका धनकुटा जिल्लामा पहिरोले ५ घर विस्थापित भएका छन् । वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका १ हिलेका २ घर विस्थापित भएका हुन । पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिएका छन् । पहिरोका कारण महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका दीपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवारलाई सुरक्षित स्थानान्तर गरिएको छ। 

यस्तै, साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको सङ्गम स्थलमा रहेको ९ घरपरिवारको बस्ती उच्च जोखिममा रहेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि बस्ती जोखिममा परेको हो । खोलामा पानीको बहाव बढिरहेकोले त्रास पनि बढेको स्थानीय यामबहादुर राईले बताए । गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोसी राजमार्ग समेत पटक पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले जानकारी दिएकी छिन् ।

पानी पर्ने बित्तिकै गर्जुवाको सिरमा पहिलो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ । सोमबार दिउँसो खोलामा आएको बाढीले धरानबाट धनकुटा जाँदै गरेको धनकुटा नगरपालिकाको को १ झ ५८४ नम्बरको गाडीलाई आधा भाग पुरेको थियो । सडक डिभिजन कार्यालयले बाटोको पहिरो पन्छाउन परिचालन गरेको डोजरको सहायताले गाडी निकालिएको गाडीमा सवार धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक सिताराम गौतमले बताए । 

अविरल बर्षाका कारण पहिरोले छिन् छिनमै बाटो अवरुद्ध भइरहने र डोजरले खुलाउने काम भइरहेको छ । देशभर अविरल वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्‍याएको समाचार आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...