News Portal

अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध

हिमाली संचार संवाददाता
४७६ पटक
२०७७ साउन ६,मंगलवार

काठमाण्डौ । भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पृथ्वी राजमार्गको सडक भत्किएको छ । चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको बेनीघाट रोराङ-१० का वडाध्यक्ष अम्बर गुरुङले बताएका छन् ।

वडाध्यक्ष अम्बर गुरुङका अनुसार मौवा खोलाले पुलको छेउपट्टी कटान गरेकोले यातायात अवरुद्ध भएको छ । उनका अनुसार ‘सडक नै बगाएको छ । मान्छेसमेत ओहोरदोहोर गर्नसक्ने अवस्था छैन । गाडी गुड्ने त कुरै छाडौं !’

पहिरोले वडाअध्यक्ष गुरुङको ३ वटा घर समेत बगाएको छ भने त्रिशुलीपट्टीका घरहरु जोखिममा परेको छ । उनले भने, ‘पानी रोकिएको छैन । यहाँका स्थानीय के गर्ने र कसो गर्ने भनेर अत्तालिएका छन् । किरानाका सामानहरु सुरक्षित ठाउँमा सार्न थालिएको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...