News Portal

अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध

हिमाली संचार संवाददाता
४९२ पटक
२०७७ साउन ६,मंगलवार

काठमाण्डौ । भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पृथ्वी राजमार्गको सडक भत्किएको छ । चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको बेनीघाट रोराङ-१० का वडाध्यक्ष अम्बर गुरुङले बताएका छन् ।

वडाध्यक्ष अम्बर गुरुङका अनुसार मौवा खोलाले पुलको छेउपट्टी कटान गरेकोले यातायात अवरुद्ध भएको छ । उनका अनुसार ‘सडक नै बगाएको छ । मान्छेसमेत ओहोरदोहोर गर्नसक्ने अवस्था छैन । गाडी गुड्ने त कुरै छाडौं !’

पहिरोले वडाअध्यक्ष गुरुङको ३ वटा घर समेत बगाएको छ भने त्रिशुलीपट्टीका घरहरु जोखिममा परेको छ । उनले भने, ‘पानी रोकिएको छैन । यहाँका स्थानीय के गर्ने र कसो गर्ने भनेर अत्तालिएका छन् । किरानाका सामानहरु सुरक्षित ठाउँमा सार्न थालिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...