News Portal

खोटाङ जिल्लाका खर, फुसका छानो विस्तापित गर्ने, २ हजार ३ सय ८८ घरका लागि जस्तापाता लगाउने

हिमाली संचार संवाददाता
४४९ पटक
२०७७ साउन ५, सोमवार

भिम राई, खोटाङ । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस वर्ष खोटाङ जिल्लाका २ हजार ३ सय ८८ घरधुरीका खर, फुसका छाना विस्तापित गरेर नया जस्तापाता लगाउने कार्यक्रम रहेको छ।

शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका २ हजार ३ सय ८८ घरधुरीमा खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाउने भएको हो । शहरी विकास मन्त्रालयले जारी गरेको सूचना अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८, हलेसी तुवाचुङ नगरपालिकाका ३४३, ऐंसेलुखर्क गाउँपालिकाका २३१, रावाबेँसी गाउँपालिकाका २०६, जन्तेढुङ्गा गाउँपालिकाका २२०, खोटेहाङ गाउँपालिकाका २८०, केपिलासगढी गाउँपालिकाका २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २०३, बराहपोखरी गाउँपालिकाका १९६ र साकेला गाउँपालिकाका १५० घरधुरीमा जस्तापाता लगाउने कार्यक्रम रहेको छ ।

जिल्लामा गत वर्षदेखि लागू भएको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २५ घरका लागि जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । करिब १५ वडा रहेको सो नगरपालिकामा नगरपालिकाको तर्फबाट २० घर थप गरेर ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि रकम विनियोजन भएको थियो ।

दुई वर्षभित्र खरको छानामुक्त बनाउने कार्यक्रम रहेको नगरपालिकामा करिब ९ सय घर गरिब परिवार रहेको नगरप्रमुख दीपनारायण रिजालले बताएका छन्  । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सरकारले तीन वर्षभित्र देशभर खरको छानामुक्त गर्ने लक्ष्य लिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘अति विपन्न, असहाय, अशक्त, वृद्धवृद्धा, अनाथ बालबालिका, एकल महिला बसोबास गरेका घरलाई पहिलो प्राथमिकता दिइएको कार्यक्रम अन्तर्गत’, उनले भने, ‘तीन वर्षभित्र जिल्लाका सबै घरबाट खर वा फुसको छाना हटाएर जस्तापाता लगाइने छ ।’

जिल्लाका २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४२ हजार घरधुरी रहेको शहरी विकास मन्त्रालयमा उपलब्ध तथ्याक अनुसार खोटाङ जिल्लामा करिब २३ हजार खरको छाना रहेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...