News Portal

सिन्धुलीमा एक बर्षिया बालिका बलात्कार

आरोपित नेकपा नेता प्रकाउ

हिमाली संचार संवाददाता
५३९ पटक

(सांकेतिक तस्बिर)

२०७७ साउन ५, सोमबार
सिन्धुली – सिन्धुलीमा १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा नेकपा नेता पक्राउ परेका छन्।

गोलन्जोर गाँउपालिका–७ का नेकपा वडा कमिटिका सचिब ४५ बर्षिय बिदुरप्रसाद देवकोटालाई बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

देवकोटा माथि सोही ठाँउकी १५ बर्षिया बालिकालाई बलात्कार गरेको अरोप छ। बालिकाका आफन्तले आईतबार उजुरी दिएपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

बालिकाका आफन्तले आइतबार नै इलाका प्रहरी कार्यालय खुर्कोटमा उजुरी दर्ता गराएका थिए। देवकोटाले बालिकालाई २०७६ माघ महिनामा बलात्कार गरेको खुलेको छ।

बालिकाले पेट दुख्यो भनेपछि आफन्तले शनिवार सुनकोशी मेडिकलमा जाँच गर्न ल्याएका थिए। स्वास्थ्य परिक्षणका क्रममा उनी गर्भवती भएको खुलेपछि बलात्कृत भएको घट्ना बाहिर आएको हो।

बलात्किृत बालिकाले घाँस काट्न जान नदिइ जबर्जस्ती बलात्कार गरेको प्रहरी समक्ष बयानमा बताएकि छिन्।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...