News Portal

सिन्धुलीमा एक बर्षिया बालिका बलात्कार

आरोपित नेकपा नेता प्रकाउ

हिमाली संचार संवाददाता
५८४ पटक

(सांकेतिक तस्बिर)

२०७७ साउन ५, सोमबार
सिन्धुली – सिन्धुलीमा १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा नेकपा नेता पक्राउ परेका छन्।

गोलन्जोर गाँउपालिका–७ का नेकपा वडा कमिटिका सचिब ४५ बर्षिय बिदुरप्रसाद देवकोटालाई बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

देवकोटा माथि सोही ठाँउकी १५ बर्षिया बालिकालाई बलात्कार गरेको अरोप छ। बालिकाका आफन्तले आईतबार उजुरी दिएपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

बालिकाका आफन्तले आइतबार नै इलाका प्रहरी कार्यालय खुर्कोटमा उजुरी दर्ता गराएका थिए। देवकोटाले बालिकालाई २०७६ माघ महिनामा बलात्कार गरेको खुलेको छ।

बालिकाले पेट दुख्यो भनेपछि आफन्तले शनिवार सुनकोशी मेडिकलमा जाँच गर्न ल्याएका थिए। स्वास्थ्य परिक्षणका क्रममा उनी गर्भवती भएको खुलेपछि बलात्कृत भएको घट्ना बाहिर आएको हो।

बलात्किृत बालिकाले घाँस काट्न जान नदिइ जबर्जस्ती बलात्कार गरेको प्रहरी समक्ष बयानमा बताएकि छिन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...