News Portal

कुवेतको आदान अस्पतालमा उपचारपछि स्वदेश फर्किए गणेश बहादुर

चन्द्र बिश्वकर्मा
७९१ पटक
कुवेत

कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ ।

कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेशलाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको हो । रक्तचापको समस्याले आफ्नै कोठामा अचेत भएर ढलेपछि उनलाई उपचारको लागि आदान अस्पतालमा भर्ना गरीएको थियो । दुई हप्ता सम्म कोमामा राखेर उपचार गरिएको थियो ।

उनको उपचारमा लागेको सबै खर्च कम्पनीले व्यहोरेको छ । कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराएका गणेशको रेखदेखको लागि कम्पनीले राखुकै रिजन परियारलाई खटाएको थियो । बिगत २ वर्ष देखि कुक्जे कम्पनीमा कार्यरत रहेका गणेश बिरामी हुँदा घरपरिवारको गुजारा चलाउने सपना पनि भताभुंग भएको छ । उनको दायाँ खुट्टा र हात नचल्नुको साथै अहिले सामान्य बोल्न सक्ने भएपनि अझै पूर्ण रुपमा स्मरण गर्ने शक्ति फर्किसकेको छैन् ।

कुवेतको कानुन अनुसार उनले पाउनु पर्ने सबै हिसाब उपलब्ध गराइएको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका तिलक भण्डारी (कमल) ले जानकारी गराउनु भएको छ । उहाँकै संयोजकमा कम्पनीमा रकम संकलन गरि नेपाली रु. ४,६०,००० (चार लाख साठी हजार) गणेशको श्रीमती यु माया थापाको बैंक खातामा जम्मा गराएको र अरु थप रकम पनि संकलन भइरहेको भण्डारीले जानकारी गराउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...